Loading... आजः शनिबार , श्रावण १२, २०८१

काठमाडौँमा चारवटा ‘स्मार्ट सिटी’ को विस्तृत परियोजना प्रतिवेदन तयार


काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’ को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ। उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ इशान’ र ‘काठमाडौँ आग्नेय’, ललितपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ नैऋत्य’, काठमाडौँको उत्तरी क्षेत्रमा प्रस्ताव गरिएको स्मार्ट सिटी ‘काठमाडौँ उत्तर’को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको हो।
काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले प्रस्तावित चारवटै स्मार्ट सिटीको ‘डीपीआर’ भइसकेको जानकारी दिनुभयो। तिवारीले सहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटासमक्ष मङ्गलबार ‘डीपीआर’बारे प्रस्तुतीकरण गर्नुभयो। तिवारीका अनुसार प्रस्तुतिपछि मन्त्री बाँस्कोटाबाट स्मार्ट सिटी आयोजनालाई तीव्र्रता दिन निर्देशन भएको थियो।

‘अब ‘डीपीआर’लाई सहरी विकास मन्त्रीको अध्यक्षतामा रहेको भौतिक विकास समितिमा पेस गरिनेछ, त्यहाँबाट अनुमोदन भइसकेपछि डीपीआर पुनः सहरी मन्त्रालयमा आउँछ र अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिनेछ’ प्राधिकरण प्र्रमुख तिवारीले मन्त्रिपरिषद्को स्वीकृतिपछि राजपत्रमा सूचना प्रकाशित गरी जग्गा अधिग्रहणको काम सुरु हुन्छ, आयोजना तीव्र गतिमा अगाडि बढ्छ भन्नुभयो।

प्राधिकरण प्रमुख तिवारीले मन्त्रिपरिषद्को स्वीकृति भएमा चालू आर्थिक वर्ष भित्रमा नै यस आयोजनाका लागि आर्थिक स्रोतको सुनिश्चित गर्ने बताउनुभयो। सरकारले जमानी बसेको अवस्थामा यो स्मार्ट सिटी निर्माण गर्न चिनियाँ, कोरियन र अमेरिकन कम्पनी लगानी गर्न तयार रहेको उहाँले जानकारी दिनुभयो।

Insert your Ads code here

वि.सं. २०७४ वैशाख २४ गते काठमाडौँ उपत्यका विकास प्राधिकरणको बसेको बैठकले काठमाडौँ उपत्यकामा चारवटा स्मार्ट सिटी बनाउने निर्णय गरेको थियो। आर्थिक वर्ष २०७२÷७३ को बजेट वक्तव्य मार्फत पहिलोपटक ‘स्मार्ट सिटी’ निर्माण गर्ने अवधारणा सार्वजनिक गरिएको थियो । बजेटमा काठमाडौँ उपत्यका, लुम्बिनी र निजगढमा एक÷एकवटा ‘स्मार्ट सिटी’ निर्माणका लागि गुरुयोजना तयार पार्ने उल्लेख गरिएको थियो ।

गोरखापत्र अनलाइनका अनुसार व्यवस्थित र सूचना प्रविधियुक्त पूर्वाधारसहितको आधुनिक शहरलाई स्मार्ट सिटी भन्ने गरिएको छ । नागरिकको जीवनस्तर तथा शहरको अर्थतन्त्रमा सुधार ‘स्मार्ट सिटी’ को प्रमुख लक्ष्य हुने गर्छ । त्यसैगरी, प्रविधि साक्षर जनसङ्ख्या, प्रविधिसँग जोडिएका व्यवसाय गर्न प्रोत्साहन गर्ने अर्थव्यवस्था, सफा तथा वातावरणमैत्री सर्वशुलभ यातायात साधनको व्यवस्था, नवीकरणीय ऊर्जा प्रयोग, प्रविधियुक्त स्वास्थ्य सेवाको विकास स्मार्ट सिटीका प्रमुख विशेषता हुन् ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!