Loading... आजः शनिबार , श्रावण १२, २०८१

काठमाडौँ उपत्यकामा खानेपानीको गुणस्तर मापन


विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणका बेला नेपाल सरकारले पनि उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउने तयारी थालेको छ। खानेपानी वितरण गर्ने मुख्य जिम्मेवारी पाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेट (केयूकेयल) ले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न खानेपानी पनि स्वच्छ हुनुपर्ने भन्दै गुणस्तर मापनको प्रक्रिया अगाडि बढाएको कारोबार अनलाइनले लेखेको छ।

लक डाउनको तेस्रो दिन बिहीबार केयुकेएलका कार्यकारी प्रमुख मिलन शाक्यको नेतृत्वको टोलीले महाकाल चौर शाखा र बाँसबारी शाखाको निरीक्षण गरेको छ। केयुकेएलको टोलीले दुवै शाखामा खानेपानीको गुणस्तर मापन गरेको हो। खानेपानीमा हुनुपर्ने क्लोरिनको मात्रा परीक्षण गर्दा दुवै शाखामा आवश्यक मापदण्ड रहेको प्रमुख शाक्यले बताउनुभयो।

लकडाउनको समयमा खानेपानीको अभाव नहोस् भन्नका लागि केयुकेएलले पहिलो प्राथमिकता दिएर अस्पतालमा ट्यांकरमार्फत खानेपानी वितरण गरिरहेको शाक्यले जानकारी दिनुभयो। “लकडाउनको समयमा मान्छेलाई चाहिने सबैभन्दा महत्वपूर्ण कुरा खानेपानी नै हो। झन हात धुन र सरसफाइ गर्न पानी नभइ हुँदैन,” उहाँले भन्नुभयो, “यस्तो बेलामा पनि कर्मचारीहरुले काम गरिरहेका छन्। हामीले खानेपानीको वितरण र गुणस्तर के कस्तो छ भनेर निरीक्षण गरेका हौँ। दुवै शाखामा राम्रो रहेको पायौँ।”

Insert your Ads code here

सरकारले कोरोना भाइरस कोभिड १९ को सम्भावित संक्रमणबाट बच्न देशभर लकडाउन गरेपछि केयुकेएलले उपत्यकामा खानेपानीको आपूर्ति र गुणस्तर मापनलाई निरन्तरता दिइरहेको छ। केयुकेएलले आफ्ना कर्मचारीमार्फत खानेपानी वितरण सेवालाई निरन्तरता दिइरहेको जनाएको छ। अहिले सुख्खा समय भएकाले खानेपानीको माग धेरै रहेको र जे जस्तो भएपनि सेवा दिइरहेको उहाँको भनाइ छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!