Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

काठमाडौँ उपत्यकामा विद्युत्‌को तार भूमिगत गर्ने कार्य जारी


कोरोना सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच पनि विकास निर्माणलाई निरन्तरता दिने नेपाल सरकारको नीतिअन्तर्गत काठमाडौँ उपत्यकामा विद्युत्‌को तार भूमिगत गर्ने कार्य अगाडि बढाइएको छ।

अहिले राजधानीको महाराजगञ्ज र चावहिल–चुच्चेपाटी क्षेत्रमा अहिले विद्युत्‌को तारलाई भूमिगत गर्ने कार्य भइरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन ५ गते काठमाडौँमा विद्युत्‌को तारलाई भूमिगत गर्ने कार्यको उद्घाटन गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

घिसिङले भन्नुभयो, ”महाराजगञ्जमा कामलाई निरन्तरता दिन नसकिए पनि चाहबेल–चुच्चेपाटी क्षेत्रमा तारलाई भूमिगत गर्ने कार्यलाई सम्पन्न गरिने छ, यस क्षेत्रमा काम गर्नका लागि काठमाडौँ जिल्ला प्रशासनबाट अनुमति प्राप्त भइसको छ, मङ्गलबारबाट काम सुरु हुनेछ।”

Insert your Ads code here

तार भूमिगत गर्न मेलम्चीको जस्तो बाटो खन्न पर्दैन। प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार यसका लागि होरिजेन्टनल डाइरेक्सन ड्रिलिङ (एचडीडी) प्रविधिको माध्यमबाट ठाउँ ठाउँमा निश्चित दूूरीमा ड्रिल गरेर प्वाल बनाइन्छ। त्यसबाट दुईवटा पाइप छिराएर तार राख्ने काम सम्पन्न गरिन्छ।

यो योजनाअन्तर्गत सडकको दुवैतिर पेटीमा तारलाई भूमिगत गरिँदै छ। सडक पेटीमा मात्र भूमिगत गर्ने भएकाले मूल सडक नखनिने बताउँदै प्रवक्ता अधिकारीले बिजुलीको तारसँगै अप्टिकल फाइबर समेत बिछ्याइएको छ। अप्टिकल फाइबर बिछ्याइ सकेपछि तारसम्बन्धी सम्पूर्ण काम यसै माध्यमबाट गरिनेछ।

प्राधिकरणका अनुसार भूमिगत हुने प्रसारण लाइनमा जीपीएस प्रविधि जडान गरिने छ। यो प्रविधि जडान गरेपछि नियन्त्रण कक्षमै बसेर कर्मचारीले कहाँ आगलागी भएको छ ? कहाँ विद्युत् सर्ट भएको छ ? भन्ने जस्ता सूचना प्राप्त गर्नसक्छन्। यसबाट प्रसारण लाइनको अवस्थिति मात्र नभई तार ठीक भए नभएको सूचनासमेत सङ्कलन गर्नेछ।

विद्युत् प्रसारणको भूमिगत प्रणाली सुरु भए पनि एक वर्षसम्ममा अहिले सञ्चालनमा रहेको प्रणाली (ओभरहेड) कायम हुनेछ। उहाँले एक वर्ष परीक्षण गरेपछि मात्र ‘ओभरहेड’ प्रणालीलाई पूर्णरूपमा विस्थापित गरिने जानकारीसमेत दिनुभयो।

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!