नेपाल एयरलाइन्सको वाइडबडी जहाज फेरि अष्ट्रेलिया जाने भएको छ। नेपालमा रहेका आफ्ना नागरिक लिनका लागि काठमाडौंस्थित अष्ट्रेलियन दुतावासको पहलमा नेपाल एयरलाइन्सको जहाज जाने भएको हो।
दुतावासले मे ६ मा जहाज काठमाडौंबाट जाने भएकाले स्वदेश फर्किन चाहनेले सम्पर्क गर्न सार्वजनिक आव्हान गरेको छ।
नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले भने जाने मिति तथा अन्य कुराका बारेमा भएको अन्तिम व्यावसायिक सम्झौताकाबारेमा आफूलाई जानकारी नआएको बताउनुभयो। यद्यपी जहाज जाने कुरामा सहमति भएको उहाँको भनाइ छ।
Insert your Ads code here
यसअघि अप्रिल १ मा पनि नेपाल एयरलाइन्सकै जहाज चार्टर गरेर अष्ट्रेलियाले आफ्ना नागरिक फिर्ता लिएको थियो। नेपाल सरकारले लकडाउन थप गरेपछि बाँकी रहेका आफ्ना नागरिकलाई फिर्ता लिन लागिएको दुतावासले जानकारी दिएको छ। अष्ट्रेलियाले अप्रिल १ पछि पनि कतार एयरवेजको उडानबाट आफ्ना केही नागरिक लिएको थियो।
अघिल्लो चार्टरमा नेपाल एयरलाइन्सले टिकेटिङको जिम्मा एजेन्सीलाई दिएको थियो। तर यो पटक भने आफै टिकेटिङ गर्ने भएको छ। दुतावासले पनि टिकेटिङका लागि नेपाल एयरलाइन्समै सम्पर्क गर्न आग्रह गरेको सेतोपाटी अनलाइनमा खबर छ।