Loading... आजः शनिबार , श्रावण १२, २०८१

काठमाडौंमा १० हजारको संख्यामा आइसोलेसन बेड बनाइने


सरकारले काठमाडौं उपत्यकामा ६ देखि १० हजारको संख्यामा आइसोलेसन बेड बनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सरकारी, सामुदायिक र निजी अस्पताल र आवश्यक परे होटलहरूमा समेत आइसोलेसन बेड बनाउने निर्णय गरेको एक मन्त्रीले बताए।

सेतोपाटी अनलाइनका अनुसार ‘स्वास्थ्य जनशक्ति र स्वास्थ्य उपकरण समेत थप्ने निर्णय भएको छ। स्वास्थ्य उपकरणको अहिले अभाव नरहे पनि भोलि अप्ठ्यारो पर्छ कि भनेर थप्न लागिएको हो,’ ती मन्त्रीले भने, ‘जिल्ला-जिल्लामा घोषणा भएका निषेधाज्ञा प्रभावकारी बनाउने र काठमाडौंमा एकीकृत क्वारेन्टिन बनाउने भनिएको छ। त्यसका लागि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकाय प्रमुखहरूको समिति गठन भएको छ।’

त्यस्तै सरकारले विदेशबाट फर्किनेका लागि सात दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ। ‘यहाँ आएर क्वारेन्टिन राख्न समस्या भयो। त्यही भएर अब उतैबाट होटल व्यवस्था गर्नुपर्नेछ,’ ती मन्त्रीले भने, ‘जिल्लास्थित सिसिएमसीले होटलको मूल्यसूची पठाउँछ। नेपाल फर्किनेहरूले त्यसैका आधारमा होटल चयन गर्न सक्नेछन्।’

ती मन्त्रीका अनुसार अब जहाजको टिकट र होटलको समेत रकम तिरेपछि मात्रै नेपाल आउन पाइनेछ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!