Loading... आजः शनिबार , श्रावण १२, २०८१

काठमाडौं बाहिर अब दैनिक एक हजार जनाको कोरोना भाइरस जाँच हुने


काठमाडौं उपत्यका बाहिर अब दैनिक एक हजार जनाको कोरोना भाइरस जाँच हुने भएको छ। सरकारले तत्काल सञ्चालन गर्न सक्ने अवस्थामा रहेका दीर्घकालीन ल्याब र स्तरोन्नति गर्नुपर्ने स्थानमा पिसिआर ल्याबबाट परीक्षण सुरू हुन लागेको हो। हाल उपत्यका बाहिरको लागि धरानमा परीक्षण सुरू भइसकेको छ भने हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान केन्द्रको ल्याब तत्काल सञ्चालन गर्न सकिने अवस्थामा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। चीनबाट ल्याएको पाँच वटै प्रोर्टेवल पिसिआर मेसिन सही अवस्थामा रहेको र तत्कालै प्रदेशमा पठाउने तयारीमा रहेको प्रयोगशाला विज्ञ पुष्पराज खनालले जानकारी दिनुभयो।

ढिलोमा बिहीबारदेखि नै काठमाडौं बाहिर दैनिक एक हजार जनाको कोरोना भाइरस परीक्षण हुने र अर्को साताको सुरूदेखि नै दैनिक १५ सय जनासम्मको कोरोना भाइरस परीक्षण हुन सक्ने उहाँले बताउनुभयो। खनालले उपत्यका बाहिर स्तरोन्नति गरी कोरोना भाइरस परीक्षण गर्न सक्ने प्रयोगशालाको अध्ययनका लागि टोली गइसकेको जानकारी दिनुभयो। मंगलबारबाट पोखरामा प्रोर्टेवल मेसिनबाट कोरोना भाइरसको परीक्षण सुरू गरिसकिएको मन्त्रालयले जनाएको छ।

कोरोना भाइरस परीक्षणका लागि तीव्रता दिन प्रदेश २ को जनकपुर, प्रदेश ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा तत्काल प्रोर्टेवल पिसिआरबाट परीक्षण सुरू गर्ने तयारी भइसकेको स्वास्थ्य मन्त्रालयले दाबी गरेको सेतोपाटी अनलाइनमा खबर छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!