Loading... आजः शनिबार , श्रावण १२, २०८१

काठमाडौं मेट्रो रेलको प्रारिम्भक अध्ययनकै ९ वर्ष


सरकारले काठमाडौं मेट्रो रेलको प्रारिम्भक अध्ययन गरेको ९ वर्ष बित्यो । तर, अहिलेसम्म काम अघि बढेको छैन । उपत्यकामा सवारीसाधनको चाप बढ्दै गएपछि विकल्पमा मेट्रो रेलको अध्ययन गरिएको थियो । सन् २०११ मा कोरियन कम्पनीले उपत्यकाका विभिन्न ५ मुख्य खण्डमा मेट्रो रेलमार्गको अध्ययन गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो । अहिलेसम्म प्रतिवेदन मन्त्रालयमै थन्किएको छ । यसबारे छलफल पनि नभएको कान्तिपुर अनलाइनमा खबर छ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले अहिले विभागले डीपीआरको काम गर्दै रहेको बताउनुभयो। सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोकको १२ दशमलव १० किमि क्षेत्रको डीपीआरको काम फागुन दोस्रो साताभित्र काम सुँरु हुँदै छ । कीर्तिपुर–कालीमाटी–नयाँ बानेश्वर–एयरपोर्टसम्मको दूरी ११ दशमलव १५ किमि छ । कोटेश्वर–चाबहिल–स्वयम्भू–कोटेश्वर २८ दशमलव ५३ किमि, स्वयम्भू–डिल्लीबजार–बौद्ध ११ दशमलव ७० र धोबीघाट–सिंहदरबार–नक्साल–गोंगबुसम्म १३ दशमलव ८ किमि दूरी छ । सबै गरेर रेलमार्गको दूरी ७७ दशमलव २८ किमि रहनेछ । स्वयम्भू–डिल्लीबजार–बौद्ध र धोबीघाट–सिंहदरबार–नक्साल–गोंगबु खण्डमा भने सुरुङ निर्माण गरिनेछ । अन्य खण्डमा जमिनबाट ५ सय मिटर अग्लो पुलबाट रेल चल्ने बनाइनेछ ।

यसैबीच विज्ञहरूले भने भविष्यमा आउन सक्ने कठिनाइलाई हेरेर गहन अध्ययन गर्न सुझाएका छन् । मेट्रोरेल ठूलो लगानीको प्रोजेक्ट हो ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!