Loading... आजः शनिबार , श्रावण १२, २०८१

काठमाडौं पाेष्टमा प्रकाशित लेख र फोटोले चिनियाँ नागरिकको अपमान


काठमाण्डु पोस्टमा प्रकाशित एउटा समाचार र फोटोको विषयलाई लिएर चिनियाँ नागरिक बर्षाले आपत्ति जनाउनुभएकाे छ। उहाँले कान्तिपुर दैनिकमा एउटा प्रकाशित लेख र फोटोले चिनियाँ नगरिकको अपमान गरेको बताउनुभएको छ। मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा काठमाण्डु पोस्टका सम्पादकका नाममा लामो पत्र लेख्दै चिनियाँ नागरिक चाङ्ग युए (वर्षा) (जो चाइना मिडिया ग्रुपको नेपाल प्रमुख समेत हुनुुुुुुहुन्छ) उहाँले अपमान हुने सामाग्री प्रकाशन गरेकोमा क्षमा माग्न अनुरोध गर्नुभएको छ।

वर्षाले लेखेको पत्र यस्तो छ

आदरणीय सम्पादकज्यू
द काठमाडु पोष्ट
नेपालको संचार क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेको कान्तिपुर संचारगृहबाट प्रकाशित द काठमाडु पोष्टको यही फागुन ६ गते मंगलबार तदनुसार फेब्रुअरी १८ तारिख प्रकाशित ‘चाइना सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच ओर्स’ शीर्षकको लेखले हामी सबै चिनियाँको अपमान गरेको छ। विदेशी संचारमाध्यममा पहिले नै प्रकाशित लेख भएकाले लेखको बारेमा भन्दा पनि त्यसमा प्रकाशित फोटो आपत्तिजनक छ।

Insert your Ads code here

अध्यक्ष माओ चतुङलाई सम्पूर्ण चिनियाँ जनताले उच्च सम्मान र आदर गर्छन्। चिनियाँ जनबैंकले निस्काशन गरेको मुद्रामा आदरणीय अध्यक्ष माओ चतुङको फोटो राखिएको हुन्छ। तपाईंको पत्रिकाले चिनियाँ मुद्रा एक सय युआनको नोटमा अंकित अध्यक्ष माओको फोटोमा मास्क लगाएर चीनको सार्वभौमिकता र चीनप्रतिको घोर अपमान गर्नु भएको छ। यतिबेला चीन कोरोना भाइरसको संक्रमण विरुद्धको युद्धमा दत्तचित्तले लागिरहेको छ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सबै चिनियाँहरुले मास्क लगाउने गरेका छन्।

चिनियाँले मात्र होइन अहिले विश्वका अधिकांश भागमा मास्क लगाउनलाई विश्व स्वास्थ्य संगठनले सबैलाई अपिल गरेको छ। तपाईंलाई चिनियाँले मास्क लगाएको फोटो चाहिएको भए म दिन सक्छु। अथवा इन्टरनेटबाट जतिसुकै खोज्न सक्नुहुन्छ। आधुनिक चीनका महान नेताको अपमान गरेर पत्रिकामा प्रकाशन गर्नु नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई पनि धक्का लगाउनु हो। चीन र चिनियाँलाई घोर अपमान गर्नु हो। हामी चिनियाँहरु नेपाल र नेपालीलाई उच्च सम्मान र माया गर्छौँ।

नेपाल र नेपालीले भोगेका विपत्तिहरुमा चीन र चिनियाँले सक्तो सहयोग गरेकै छन्। कोरोना भाइरसको विद्धरुमा नेपालीहरुले पनि आआफ्नो ठाउँबाट चीन र चिनियाँलाई सहयोग र समर्थन जनाएका छन्। तर एउटा ठूलो राष्ट्रिय दैनिक पत्रिकाले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई ख्याल नगरिकन यस प्रकारको फोटो अथवा स्केच प्रकाशन गरेकोमा म खेद प्रकट गर्दछु र यस प्रकारका कार्यको दृढताका साथ विरोध र प्रतिवाद गर्दछु। रोग र संक्रमणको कुनै भौगोलिक सिमा हुँदैन। रोग र विपत्तिले न त कुनै देश विशेष भन्छ न त भौगोलिक सीमा नै मान्छ।

यतिबेला पश्चिमा जगतले चीनमाथि विभेदपूर्ण सामग्री प्रकाशन गरिरहेका बेला चीनकै अशल छिमेकी देश नेपालका सचारमाध्यम पनि पश्चिमा संचारजगतको लहैलहैमा लागेर चीनमाथि हिलो छ्याप्ने र लान्छना लगाउने कार्य चीन र चिनियाँ जनताका लागि कदापि स्वीकार्य छैन। आशा छ नेपाली पत्रपत्रिका र संचार माध्यमले चीनसँगको मैत्री सम्बन्धलाई ख्याल गर्नेछन्। अनि कोरोना भाइरसका विरुद्ध लड्नलाई साथ दिनेछन्। धन्यवाद।

यसैबीच, नेपाल-चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेम सागर पाैडेलले नेपाल र चीन बीचको सम्बन्ध बिग्रने गरी समाचार सामग्री प्रकाशन प्रशारण नगर्न नगराउन सम्बन्धित सबैलाई अनुरोध गर्नुभएको छ। उहाँले हामीसँग कुरा गर्दै भन्नुभयो: नेपाल र चीन अलवेदर मित्र हुन। जस्तोसुकै परिस्थितिमा पनि एकअर्कालाई सहयोग र समर्थन जनाउँदै अाएकाे विश्वकै विशिष्ट सम्बन्ध भएका देशहरू हुन। यी दुई देशको सम्बन्ध एउटा परिवारकाे जस्तो प्राकृतिक र पवित्र छ। यस्तो विशिष्ट सम्बन्धमा असर पुग्ने अथवा दुवै देश र देशका जनताको भावना र प्रतिष्ठामा असर पर्ने कुनै काम नगरीदिन अनुरोध गर्दछु। चीन अहिले महाविपतकाे अवस्थाबाट गुज्रिएको छ। यस्तो अवस्थामा एउटा असल छिमेकीको नाताले सहयोग समर्थन गर्नुपर्नेमा अझ चीन र महान चिनियाँ जनताको भावना र सम्मानमा चाेेट पुग्नेगरी समाचार प्रकाशन प्रशारण गर्नु जस्तो गैर जिम्मेवार र अम‌त्री ब्यवहार नगर्न पनि अनुरोध गर्नुभएको छ।

यसैगरी, प्राध्यापक युवराज संग्राैलाले प्रतिक्रिया जनाउँदै लेख्नुभएको छ: जसरी यो महामारी रोक्न चीनले काम गरयो, त्यो एइतिहासिक छ । जिम्मेवार सरकार नै लोकतन्त्रको सार हो। भोटतन्त्र, भ्रस्टाचार र राजनितिको अपराधीकरण भएको ब्यबस्था माफीयाको लोकतन्त्र हो, जनताको होइन। पश्चिमी शक्तिगुटले अबको बिश्वयुद्ध जैबिक हतियारले लड्ने योजनालाई प्रयोगमा ल्याउंदैछ। ठुला जनसंख्या भएका देशलाई जित्न यस्तै भाइरसहरु प्रभाबकारी हुन्छ्न। चीनमा यो प्रयोग गरिएको थियो भन्ने कुरा पुजीवादी पश्चिमी गुट र तेस्को पैसामा पालिएका मिडियाका चीन बिरोधि प्रचार बाट अब अनुमान गर्न सकिन्छ। भारतले बुझ्नु पर्छ। उ पनि बांकी रहने छैन। यस्तै सुन्दर राई लेख्नुहुन्छ: स्वाधिन र स्वाभिमान जनता र नेता भएको मूलुक चिनले आफ्नो भगवान नेता प्रती गरेको हदै सम्मको अपमान सहन सक्दैन।एक अर्का प्रती आक्षेप मत्र लगाएर बिकाश नगरी बस्ने नेपाली नेताहरुको जस्तो सु-सस्कार उनिहरुको सस्कार भित्र पर्दैन।चिनले कोरोना भाइरस सङ्ग सम्बन्धित अतिरन्जित समाचार सम्प्रेषण गर्ने जुनसुकै मूलुक सङ्ग ठाडाे सम्बाद गर्न सक्छ।र पश्चिममा रास्ट्र अमेरिकालाइ अपिल समेत गरिसकेको छ।मौज्दात अवस्थामा चिनको सम्बेदनालाइ आत्मासात गरौ। चन्द्रमणि निराैला लेख्नुहुन्छ: व्यक्तिगत लाभ हानिको स्वार्थमा राष्ट्रको भावनामाथी चोट पुर्याउनु निन्दनीय कार्य हो । संकटको यस घडीमा चीन प्रति हाम्रो सदाशयता छ र यस संकटबाट चीनिया मित्रबन्धुले चाँडै मुक्ति पाउनुहोस भनी प्रार्थना गर्दछौँ। सामाजिक सञ्जाल फेसबुक ट्विटर अादिमा कान्तिपुर दैनिककाे कडा अालाेचना भइरहेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!