Loading... आजः शनिबार , श्रावण १२, २०८१

कान्ति अस्पतालमा उपचाररत १३ महिने शिशुलाई कोरोना संक्रमण


काठमाडौँ महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचाररत १३ महिनाको शिशुमा कोरोना भाइरसको संक्रमण देखिएको छ। शुक्रबार कोरोना पुष्टि भएको उनलाई गत आइतबार उपचारका लागि उदयपुरबाट ल्याइएको थियो। कोरोना पुष्टिपछि उनलाई बलम्बुस्थित युनिफाइड अस्पतालमा पठाइएको अनलाइन खबरले लेखेको छ।

अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले कान्ति अस्पतालमा पहिलो पटक संक्रमण देखिएको पुष्टि गर्दै, शिशुको अवस्था भने सामान्य रहेको बताउनुभयो। अस्पतालका निर्देशक डाक्टर पौडेलका अनुसार रगतको कमी, ज्वरो आएको लगायतका समस्या भएर शंकास्पद बिरामी भनेर आइसोलेसनमा राखिएको थियो। उहाँले भन्नुभयो, ‘सोमबार कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरयौँ। त्यसको रिपोर्ट पोजेटिभ आयो।’

यसअघि कान्ति अस्पतालबाट अन्य धेरै शिशुलाई कोरोनाको शंका गर्दै स्वाब पठाइए पनि संक्रमण पुष्टि भएको यो पहिलो केस हो। अस्पतालले कोरोनाका लागि छुट्टै आइसोलेसन वार्ड र टिम बनाएकाले संक्रमण देखिए पनि अस्पताल सूचारु रहेको डाक्टर पौडेलले बताउनुभयो। ‘आइसोलेसन वार्डमा शिशुको उपचारमा सम्लग्न चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ,’ उहाँले भन्नुभयो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!