कान्सु प्रान्त र जीवराज स्मृति प्रतिष्ठानद्वारा स्वास्थ्य सामग्री प्रदान
चीन सरकारको कान्सु प्रान्त र जीवराज स्मृति प्रतिष्ठानले संयुक्त रुपमा कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ।
उनीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय मार्फत बागमती प्रदेश र पाँच नम्बर प्रदेश सरकारलाई कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान गरेका हुन्।
कान्सु प्रान्तीय सरकार र जीवराम स्मृति प्रतिष्ठानले २० हजार थान सर्जिकल मास्क र १ हजार सेट व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) केन्द्रीय सरकारमार्फत बागमती र ५ नम्बर प्रदेश सरकारलाई दिएका हुन्।
प्रतिष्ठानका अध्यक्ष डा. सागर न्यौपानेले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा सहयोग पुरयाउने उदेश्यले उक्त स्वास्थ्य सामाग्री प्रदान गरेको बताए। जीवराम स्मृति प्रतिष्ठानले सामाजिक क्षेत्रमा विभिन्न काम गर्दै आएको छ।
चीनको कान्सु सरकारका प्रतिनिधि सृ होङ्ग होङ्ग र जीवराम स्मृति प्रतिष्ठानका अध्यक्ष न्यौपानेले संयुक्त रुपमा कान्सु सरकारले पठाएको स्वास्थ्य सामग्री नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराइलाई दिएका हन्।। सो अवसरमा पर्यटन मन्त्री भट्टराईले कोरोना रोकथाम र नियन्त्रणका लागि कान्सु सरकारको गरेको सहयोगको प्रशंसा गरे।
मन्त्री भट्टराइले स्वास्थ्य सामाग्रीले बागमती प्रदेश र ५ नम्बर प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीलाई काम गर्न सहज हुने बताए। नेपालमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि चीन सरकारले खेलेको भूमिका अतुलनीय रहेको समेत मन्त्री भट्टराइको भनाइ थियो। सो अवसरमा कान्सु प्रान्तका प्रतिनिधि होङ्गले नेपालमा कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि कान्सु प्रान्त जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए।
कोरोना नियन्त्रण र रोकथाममा चिनियाँ सरकार र नागरिकको राम्रो अनुभव भएको उल्लेख गर्दै होङ्गले आगामी दिनमासमेत स्वास्थ्य सामाग्री उपलब्ध गराउने बताए। पर्यटन मन्त्रालयमा शुक्रबार आयोजित उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सचिव केदार बहादुर अधिकारी, चिनियाँ प्रतिनिधि मण्डलका अधिकारी सृ चौ चोङ्ग र चु फङ्गलगायतको उपस्थिति रहेको अन्नपूर्ण पाेष्ट अनलाइनले लेखेको छ।