Loading... आजः शनिबार , श्रावण १२, २०८१

काराेना संक्रमण भएको अाशंका गरिएका युवा अस्पतालबाट फरार


कोरना भाइरसको संक्रमणको आशंकामा टेकु अस्पतालमा राखिएका एक नेपाली हिजो राती भागेका छन्। दक्षिण कोरियामा रही रोजगारी गरिरहेका ती नेपाली हिजो मात्र स्वदेश फर्केका थिए।

विमानस्थलमा चेकजाँच गर्दा उनमा संक्रमण भएको आशंका गरिएपछि टेकु अस्पतालमा आइसोलेशनका लागि राखिएको थियो। उनको स्वास्थ्य प्रतिवेदन आउनु अघि नै गएराति अस्पतालको झ्यालबाट फालहानी भागेका हुन्।

यसबारे महानगरीय प्रहरी परिसरमा खबर भएपछि प्रहरी टोली खोजविनका लागि खटिएको छ। नाम उल्लेख नगरिए पनि उनी सुनसरीको इटहरी निवासी भनिएको छ। प्रहरी स्रोतका अनुसार उनले बोक्दै आएको मोबाइल ट्र्याक गर्दा विराटनगर पुगेको खुलेको छ। उनलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङको टोली खटिएको बताइएको छ। यसअघि पनि टेकु अस्पतालबाटै एकजना फरार भएका थिए। यो समाचार नेपाल बहस डटकमले लेखेको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!