Loading... आजः शनिबार , श्रावण १२, २०८१

कार्यकर्ताहरूले निरन्तर सम्पर्कमा रहेर पार्टीको कार्यक्रमलाई अघि बढ़ाउनुपर्नेछः डीबी चौहान


गान्तोक, 23 फरवरी। भारतीय जनता पार्टीको क्षेत्रस्तरीय सांगठनिक सभा आज दक्षिण सिक्किमको तिमी नाम्फिङ निर्वाचन क्षेत्रअन्तर्गत छलमथाङमा मण्डल अध्यक्ष शिव कुमार शर्माको निवासमा सम्पन्न भयो। समष्टिका सक्रिय कार्यकर्ताहरूद्वारा आयोजित उक्त बैठकमा पार्टीका नवनिर्वाचित अध्यक्ष डीबी चौहानको स्वागत सँगै पार्टीको भावी रणनीति तय गर्नु रहेको थियो। सभामा गान्तोक क्षेत्रका विधायक श्री वाईटी लेप्चा, वरिष्ठ नेता एसबी कार्की, युवा मोर्चाका नेतागण साथै समष्टिका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

सबै कार्यकर्ताहरूले राखेको विषयलाई सुनेपछि पार्टी अध्यक्षले आफ्नो सम्बोधनमा कार्यकर्ताहरूले निरन्तर सम्पर्कमा रहेर पार्टीको कार्यक्रमलाई अघि बढ़ाउनुपर्ने आह्वान गर्दै पार्टीले पनि कार्यकर्ताहरूको शीर कहिल्यै झुक्न नदिने अनि सबैको मान-सम्मान बढ़ाएर लाने भरोसा दिलाए। उनले क्षेत्रवासी जनतासित सम्पर्कमा रहेर उनीहरूका समस्याहरूबारे कार्यकर्ताहरूले रिपोर्ट बनाएर पार्टीसमक्ष ल्याउन आग्रह गर्दै उनीहरूको समस्या समाधान गर्न पार्टीले राज्य सरकार तथा आवश्यक परे केन्द्र सरकारसँग सम्पर्क राखेर काम गर्ने बताए। अध्यक्ष चौहानले विभिन्न केन्द्रिय योजना तथा कार्यक्रमहरूबारे अध्ययन गरेर सोझै जनतासम्म लाभ पुऱ्याउने हिसाबले कार्य गर्ने कार्यकर्ताहरूलाई आग्रह गरे। विशेष गरेर केन्द्र सरकारका विभिन्न योजनाहरू जसमार्फत सोझै लाभार्थीहरूको ब्यांक खातामा रकम जम्मा हुने गर्छन्, त्यस्ता योजनाहरूबारे कार्यकर्ताहरूले जनतालाई जागरूक गराएर योजनाको सफल कार्यान्वयनको दिशामा काम गर्नुपर्ने अध्यक्ष चौहानले जोड़ दिए। जनताको गुनासोलाई सम्बन्धित निकायसम्म पुऱ्याएर समाधान गर्न पार्टी कहिल्यै पनि पछि नहट्ने उनले बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै गान्तोक क्षेत्रका विधायक वाइटी लेप्चाले कार्यकर्ताहरूलाई संगठित अनि संघर्षशील बनेर खट्ने आह्वान गर्दै ढिलो-छिटो कार्यकर्ताहरूलाई अवश्य न्याय हुने बताए। सोही प्रकारले वरिष्ठ नेता एसबी कार्कीले सांगठनिक विषयहरूबारे कार्यकर्ताहरूलाई जानकारी गराए। कार्यक्रममा युवा मोर्चा उपाध्यक्ष विकास दाहालले धन्यवाद ज्ञापन गरेका थिए।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!