Loading... आजः शनिबार , श्रावण १२, २०८१

कार्यदलले अध्यक्षद्वयलाई बुझायो प्रतिवेदन


पार्टी विवाद समाधानका उपाय सुझाउन गठिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यदलले प्रतिवेदन बुझाएको छ।

साउन ३० गते गठित कार्यदलले सर्वसम्मतरुपमा तयार पारेको प्रतिवेदन शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएको नेकपा प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो।

स्थायी कमिटी बैठक नै अनिर्णीत भइरहँदा दुई अध्यक्षले पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्नुभएको थियो। कार्यदलमा पौडेलसहित भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भूसाल सदस्य हुनुहुन्छ।

Insert your Ads code here

आन्तरिक समस्याको सकारात्मक समाधान खोज्ने, एकतालाई अक्षुण राख्दै नेपाली जनताको जनादेशअनुसार प्रभावकारीरुपमा अगाडि बढ्ने उपाय सुझाउन कार्यदल गठन भएको थियो।

नेकपा सचिवालयले बैठकले दुई जना अध्यक्षले बनाएको कार्यदललाई अनुमोदन गरिसकेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!