Loading... आजः शनिबार , श्रावण १२, २०८१

कालापानीछेउ जाँदैछन् २५ जना सशस्त्र प्रहरी


फाइल तस्बिर

नेपाली भूमि मिचेर भारतले सडक निर्माण थालेसङ्गै आफ्नो सांकेतिक उपस्थिति जनाउन सरकारले सशस्त्र प्रहरी इन्स्पेक्टर निलिबहादुर चन्दको कमाण्डमा भोलि २५ जनाको सानो टुकडी छाङ्ग्रु पठाउने भएको छ।

बन्दोबस्ती, हतियार र गोलिगठ्ठा हेर्दा भारतीय फौजसँग अजिंगरको र नेपाली सशस्त्रसँग बाख्राको आहारामात्रै छ।

Insert your Ads code here

दार्चुला सदरमुकामको पारिपट्टि भारतीय भूमि धार्चुलामा उताका सेनाको एउटा रेजिमेन्ट छ। अहिले २५ जना सशस्त्र जान लागेको छाङ्रुमाथि भारतीय स्थलसेनाको दुई कम्पनी, आइटिबिपी (इण्डियन टिबेट बोर्डर पुलिस) को चार कम्पनी र एसएसबीको दुई बटालियन गरी झन्डै ३५ सय अत्याधुनिक हातहतियारसहितका फौजको तैनाथी छ। बन्दोबस्ती, हतियार र गोलिगठ्ठा हेर्दा भारतीय फौजसँग अजिंगरको र नेपाली सशस्त्रसँग बाख्राको आहारामात्रै छ। तर,देशको आवश्यकता, सीमा रक्षाजस्ता विषयको गाम्भीर्यतालाई मनन गर्दै थोरै बन्दोबस्ती नै सही, नेपाली फौज अब स्थायी रुपमै त्यहाँ बस्ने भएको हो।

यसरी,भोलि बुधबार नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमा सशस्त्र प्रहरीको डफ्फा त्यहाँ पुग्ने भएको हो। ६ महिनाको राशन, हतियार, गोलीगठ्ठा, सञ्चार सेट, कन्सोर्टिना वायर, हिमाली ज्याकेट, बुट, टोपी, पन्जा, औषधीसहित काठमाडौंबाट उड्ने उक्त टोलीमा दुई दिन तलको पैदल बाटो दार्चुलाबाट सहभागी हुनेछन् इस्पेक्टर निलीबहादुर चन्द । उनी बैतडीका बासिन्दा हुन्,अहिले दार्चुला गुल्ममा छन्। तर, कालापानी, लिपुलेक क्षेत्रलाई कभर गर्ने गरी पठाउन लागिएको यो फौज पर्याप्त भने छैन। त्यहाँ सशस्त्रले १ सय ६० जनाको गुल्म राख्न पायो भने अरु चार–पाँच ठाउँमा बिओपी (बोर्डर अपरेशन पोष्ट) राख्न सक्छ।

तर, छाङ्रुमात्रै पुग्नु पनि अहिलेका लागि ठूलो विषय बन्ने स्थिति छ। किनभने,त्यो ठाउँ भनेको दार्चुला सदरमुकाम खलंगाबाट १ सय ३ किलोमीटर दुर्गम सडक छिचोलेर पुग्नुपर्छ। छाङ्ग्रुबाट १ सय ३५ किलोमीटरमाथि टिंकर पर्छ,छाङ्ग्रुमै ६ महिना नेपाल प्रहरीको ‘ख’ श्रेणीको इलाका प्रहरी कार्यालय बस्ने गर्छ।

टिंकर त्यही ठाउँ हो, जहाँ चीनबिरोधी खम्पा विद्रोहपछि मुस्ताङबाट १८ दिन लगातार घोडा चढी भागेका कमाण्डर गे वाङ्दीको टोलीलाई शाही सेनाले ०३१ साल भाद्र २४ गते गोली हानेर मारेको थियो।

टिंकर त्यही ठाउँ हो, जहाँ चीनबिरोधी खम्पा विद्रोहपछि मुस्ताङबाट १८ दिन लगातार घोडा चढी भागेका कमाण्डर गे वाङ्दीको टोलीलाई शाही सेनाले ०३१ साल भाद्र २४ गते गोली हानेर मारेको थियो। वाङ्दीले त्यसबेला टिंकर नाका पार गर्न सकेको भए भारत छिरिसकेका हुन्थे। यो नाका यसकारण पनि चीन र भारत दुबै देशको निम्ति रणनैतिक महत्वको छ!

छाङ्रुमा भारतीय फौजका अत्याधुनिक भवन छन्। सामरिक महत्वका सुविधायुक्त दक्षिणी फौजको अगाडि अहिले सशस्त्र देखिनका लागि मात्रै पुग्दैछ। तर, त्यहाँ भारतीय फौजकै जस्तो हिउँ छेक्ने हिटिङ्ग सिस्टमसहित गुम्बज आकारको भवन निर्माणका लागि नेपाल सरकारबाट ९ करोड बजेट स्वीकृत भइसकेको छ। अर्को हप्ता टेण्डर खुल्दैछ। सो रकमले त्यहाँ १ सय ५० जना नेपाली फौज अट्ने घर बन्ने भएको छ।

यस्तो भवन बन्न सकेमा हिउँद्मा बेसी (खलंगा) झर्नुपर्ने दुःखबाट प्रहरी र सशस्त्रले पार पाउनेछन्। यसबाट सीमा र ब्यापारिक नाकाको रूपमा समेत भारतले निर्वाध उपभोग गर्दै आएको त्यो ठाउँमा सामुदायिक प्रहरीको हैसियतसहित नेपाली पक्षले स्थानीय मुद्दा मामिलासमेत मिलाउन र राज्य उपस्थितिको अनुभूति दिलाउन सक्छ! भारतीय पक्ष बाह्रै महिना अर्काको भूमिमा बस्न सक्ने,नेपालले १२ जना प्रहरीलाई छ महिना पनि टिकाउन नसक्ने-समस्या श्रोतमा हैन सोचमा देखिन्छ।

अमरसिंह थापाले एकीकरण गरेर महाकाली नदीसम्म नेपाली भूभाग कायम गरी फर्केपछि नेपाल त्यताबाट अघि बढेन। विसं १८१६ को सुगौली सन्धिमा उक्त भूमि नेपालको हो भन्ने अभिलेख पनि छ। सन्धि भएको २ सय ४ वर्ष पुग्यो। थप बिडम्वना त यो पनि हो कि पुर्खाले जोडेको भूमि जोगाउन नसक्दा नेपाल सरकारको उपस्थिति ८० किलोमीटर वरको दुम्लीमै खुम्चिएको छ।

दुर्भाग्य, अमरसिंह थापाले एकीकरण गरेर महाकाली नदीसम्म नेपाली भूभाग कायम गरी फर्केपछि नेपाल त्यताबाट अघि बढेन। विसं १८१६ को सुगौली सन्धिमा उक्त भूमि नेपालको हो भन्ने अभिलेख पनि छ। सन्धि भएको २ सय ४ वर्ष पुग्यो। थप बिडम्वना त यो पनि हो कि पुर्खाले जोडेको भूमि जोगाउन नसक्दा नेपाल सरकारको उपस्थिति ८० किलोमीटर वरको दुम्लीमै खुम्चिएको छ।

अझ दुःखको कुरा,सेना सदरमुकाम खलंगामा मात्रै छ। राष्ट्रको सीमा मिचिएको कुरामा सेनालाई पनि चासो हुनुपर्ने हो। तर, राष्ट्रिय सेनालाई सडक र औषधीको ठेक्कापट्टामै अल्झाइएको छ।

जनअास्था साप्ताहिक अनलाइनले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!