Loading... आजः शनिबार , श्रावण १२, २०८१

कालापानी, लिपुलेक, लिम्पियाधुराबारे उठेको विवाद नेपाल-भारतबीचकाे मामिला


कालापानी, लिपुलेक, लिम्पियाधुराबारे उठेको विवादमा चीनले सधैंझैं कुटनीतिक तवरको जवाफ दिँदै ‘यो मामला नेपाल र भारतबीचको’ भएको बताएको छ। ‘नेपाल–भारत दुवैले आपसी मैत्री संवादको उपायद्वारा यो मुद्दा सुल्झाउनेमा चीन विश्वस्त छ’ मंगलबार चिनियाँ विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता चाओ लिचियानले भने।

कालापानी, लिपुलेक, लिम्पियाधुरासहितका भूभाग समेटेर नेपालले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि उब्जिएको बहस र त्यसअघि भारतीय सेना प्रमुख मनोज मुकुन्द नरभानेले लिपुलेक मामलामा नेपालले ‘कसैको इसारामा’ विरोध गरिरहेको धारणा राखेपछि यो भूभागका बारे बेइजिङमा समेत चासो उब्जिएको हो।

परिस्थितिलाई जटिल बनाउने गरी एकपक्षीय काम कसैले पनि गर्नु हुँदैन, प्रवक्ता लिचियानले पत्रकारको प्रश्नको जवाफ दिंदै भनेका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बाेधनका क्रममा ‘नेपालको सरकारी प्रतिनिधिले चीन सरकारका अधिकारीसँग कुरा गरेको’जानकारी दिनु भएको थियो। चीन सरकारका अधिकारीले यस सम्बन्धमा त्यो परम्परागत तीर्थयात्राको सन्दर्भ र परम्परागत ट्रेड रुटको सम्बन्धमा मात्र कुरा गरिएको र यसले सीमासम्बन्धी प्रश्‍नमा तथा त्रिदेशीय बिन्दुमा कुनै असर नगर्ने बताउनु भएको थियो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!