कालिका माध्यमिक बिद्यालयमा प्राविधिक शिक्षालय स्थापनाको लागि भवन शिल्यान्यास
काेठियाघाट अनलाइन
। जेठ ५, २०७८ बुधबार
बर्दिया राजापुर
कालिका माध्यमिक बिद्यालय राजापुर १ चनौरामा मंगलबार प्राविधिक शिक्षालय स्थापनाको लागि भवन शिल्यान्यास गरिएको छ ।
सिल्यान्यास कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेशका सासंद दिपेश थारुले यस क्षेत्रका युवा व्यरोजगारी कम गर्न यस प्राविधीक शिक्षालयले महत्वपुर्ण भूमिका खेल्ने भएको हुदाँ प्राबिधिक शिक्षालय स्थापनाका लागि आर्थिक देखी लिएर हरेक समस्या निराकरण गर्न आफुले सधै लागि पर्नेछु बताउँदै , जुन राष्टहरुको प्राविधिक शिल्यालयको विकास भएको छ त्यो राष्ट विकसित राष्टको रुपमा विकास भएको हुदा,दक्ष श्रमिक, दक्ष शक्ति नभएकै कारणले श्रम र आर्थिकरुपमा ठगीनु परेको अवस्था रहेकोले यसले केही न केही दक्ष परीपुर्ति गर्नेछ बताउनु भयो ।
प्रदेश सासद थारुले विश्वमहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोकथामका लागि समाजिक दुरी र लकडाउन भएकोले यसको सबैले पालना गरी दिनुहुन पनि अनुरोध गर्नु भएको छ ।
कार्यक्रमका विशेष अतिथी राजापुर नगरपालिका प्रमुख शिब प्रसाद चौधरीले राजापुर नगरपालिकाको सबै वडाहरुमा हामीले प्राविधिक शिक्षालयको सुरुवात गर्नु पर्छ भन्ने मनसायका साथ अगाडी बढीरहेको, बताउँदै ,प्राविधिक शिक्षालय स्थापना गर्न स्थानिय सरकारबाट पनि बजेट छुट्टाएर र सघिय सरकार प्रदेश सरकार, दाताविरदाता, शिक्षा प्रेमीहरुको सहयोगबाट आज प्राविधिक शिक्षालयको भवन शिल्यान्यासको काम अगाडी बढेको बताउनु भयो । प्राविधिक शिक्षालय संचालनका लागि बिद्यालय परिवारहरुको सक्रियता भएन भने अगाढी बढ्न नसक्ने नगर प्रमुख चौधरीले बताउँदै ,कोरोना महामारीको संक्रमित कम गर्न तपाई हामी सबै सर्तक हुनु पर्ने सावधानी अपनाउनु पर्ने बताउनु भयो ।
शिल्यान्यास कार्यक्रमका सभापति तथा वडा नं १का अध्यक्ष खुसीराम चौधरीले हामीले ३ बर्षय सर्वेक्षक र अनमि प्राविधिक शिक्षालय खोल्ने भनी जुन लक्ष्य लिएर महायज्ञलगाएका थियौ त्यो आज पुरा हुन गइरहेको बताउँदै महायज्ञमा सहयोग गर्ने सबै प्रति धन्यवाद दिदै ,यस प्राविधिक शिक्षालय निर्माणका लागि आगामी दिनमा पनि सबैको सहयोगको खाचो हुने बताउनु भयो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाल कृष्ण चौधरीले २०७६ पौष १ गते देखी पौष ९ गते सम्म संचालन भएको महायज्ञमा संकलन रकमबाट १९ कठ्ठा ७ धुर जग्गा खरीद गर्न सफल भएको बताउँँदै , जुन तपाईहरुले दिएको सहयोग गुण कहिलै नमर्ने, पुस्तै पुस्ता सम्म अमर रहने, बताउनु भयो । लुम्बिनी प्रदेश सासद दिपेशथारुले पुजा पाठ गरी भवनको शिल्यान्यास गर्नु भएको थियो ।
विद्यालयका शिक्षक अतिलाल चौधरीले संचालन गर्नु भएको कार्यक्रममा विद्यालयका प्र.अ. विरबल चौधरीले स्वागत मन्तव्य राख्नु हुदै ४ कोठे भवन निर्माणका लागि संघिय सरकारबाट रु २० लाख, लुम्बिनी प्रदेश,सरकारबाट रु १० लाख र जनश्रमदान ५ लाख ६३ हजार ७ सय ९४ रुपैया गरी ३५ लाख ६३ हजार ७ सय ९४ रुपैया सम्पन्न हुनेबताउनु भयो । वहाले महायज्ञमा लगभग ३ करोड रुपैया संकलन भएकोमा केही रकम उठ्न बाँकी रहेकोले दिन कबुल गरेका दानविरदाताहरुले छिटो भन्दा छिटो उक्त रकम उपलब्ध गराई दिन पनि अनुरोध गर्नु भएको छ ।
Insert your Ads code here
तपाइँकाे प्रतिक्रिया
