Loading... आजः शनिबार , श्रावण १२, २०८१

कालेबुङका कोरोनाले निधन भएको महिलाको सम्पर्कमा आएका ४ जनामा भेटियो कोरोना ‌पोजेटिभ


गान्तोक, १अप्रेल। कालेबुङकी कोरोना सङ्क्रमनले निधन भएको महिला सुनिता देवीको घरका 4 जना सदस्यहरू कोरोना पोजेटिभ निस्केका छन्। नर्थ बङ्गाल मेडिकल कलेज एवम् अस्पतालमा उनीहरूको पहिलो चरणको टेस्टमा कोरोना पोजेटिभ निस्किएको छ। यसबारे स्वंय राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी आफैले कालेबुङमा कोरोना सङ्क्रमित मृतक महिलाको परिवारका थप चारजना सदस्यहरूको रिपोर्ट पोजेटिभ आएको जानकारी कलकत्तामा पत्रकार सम्मेलनमा दिएकी छन्।

दार्जीलिङ-कालेबुङमा वैश्विक महामारी कोरोना भाइरसको खत्रा धेरै बडेको छ। कोरोना सङ्क्रमित मृतक महिला सुनिता देवीको सम्पर्कमा मानिसहरू आउनु नै यो खत्रानक भाइरसको सङ्क्रमणमा अन्य मानिसहरू समेत पर्न सक्ने सम्भावनाको मुख्य कारण हो। त्यसमध्ये उनकै परिवारका चारजना सदस्यहरूको पहिलो कोरोना टेस्ट रिपोर्ट पोजेटिभ आएपछि यो खत्रा अझै बडेर गएको हो।

प्राप्त जानकारी अनुसार मृतक सुनिता देवी सिंहको सम्पर्कमा मोठ 31 जना मानिसहरू आएका छन्। उनी कालेबुङ आइपुगेपछि विविध कारणहरूले ती सबै मानिसहरू सम्पर्कमा आएका हुन्। जसमा घरका मानिसहरू सँगै डा. जीएम. दे समेत रहेका छन्। उनीसँग कालेबुङमा सम्पर्कमा आउनेहरूमध्ये 12 जनालाई हाल कालेबुङको दिशा सेन्टरमा क्वारन्टाइनमा राखिएको छ भने अन्य मानिसहरू होम क्वारन्टाइनमा बसेका छन्। यी मध्ये घर परिवारका चार सदस्यको कोरोना टेस्ट रिपोर्ट पोजिटिभ आएको पुष्टि भएको छ।

Insert your Ads code here

यता सुनिता देवीसँग सम्पर्कमा आएका परिवारका चार सदस्यको टेस्ट रिपोर्ट पोजेटिभ आउनसाथ खत्राको घण्टी बजेको छ। प्रशासनले सुनिता देवीले हवाई यात्रा गर्दा उक्त हवाईजहाजमा कतिजना यात्रीहरू थिए भन्ने कुरा पनि जाँच गरिरहेको छ। चेन्नाईबाट बाघडोग्रा बिमानस्थल भएर गत 19 मार्चका दिन उनी आएकी थिइन। उक्त बिमानमा उत्तरबङ्गाल क्षेत्रबाट मोठ 28 जना मानिसहरू सवार रहेका थिए भने उनीहरू दर्जीलिङ, सिलगडी, कोचबिहार, सुनदह, बाघडोग्रा आदि स्थानका रहेका छन्। उक्त सबै यात्रीहरूलाई प्रशासनले खोजी गरेर होम क्वारेन्टाइनमा बस्ने निर्देश दिइएको पनि थाह लागेको छ।

भारतको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म देशमा वैश्विक महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-19) ले सङ्क्रमित मानिसहरूको सङ्ख्या 1637 पुगेको जानकारी दिएको छ। पछिल्लो 24 घण्टामा मात्रै देशमा मोठ 386 कोरोना सङ्क्रमित मानिसहरूको सङ्ख्या वृद्धि भएको छ। यसका साथै यो भाइरसको सङ्क्रमणको कारण मोठ 38 जना मानिसहरूको मृत्यु समेत भएको छ भने अहिलेसम्म 132 जना सङ्क्रमित मानिसहरू स्वास्थ्य भएका छन्।

पश्चिम बङ्गालमा अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेहरूको सङ्ख्या 4 जना पुगेको छ भने 26 जना सङ्क्रमित भएका छन्। मङ्गलबार कोलकोताको एक अस्पतालमा कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएपछि मर्नेहरूको सङ्ख्या 4 पुगेको हो।

सिक्किमको भने अहिलेसम्म जाँच गर्न पठाए नमुनाको सबै कोरोना मुक्त रहेको स्वास्थ्य विभागको सचिव डा पेम्पा टी भोटियाले जानकारी दिएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!