Loading... आजः शुक्रबार , फाल्गुन २, २०८१

कालेबुङको महिलासितै फर्किएका सबै सिक्किमेलाई कोरोइण्टाइनमा हालिएको छ- डा. पेम्पा भोटिया


गान्तोक, 30 मार्च। उत्तर बङ्गालको पहिलो कोविड-19-को रोगीको पहिचानसितै तिनको निधन भएपछि सिक्किमले पनि गहीरो चिन्ता लिँदै सतर्कता अवलम्बन शुरु गरेको छ। उनी सितै सिक्किमका जम्मा 12 जना मानिसले एउटै फ्लाइटमा यात्रा गरेको रेकर्ड थाहा पाएपछि स्वास्थ्य विभाग र प्रसाशनले तुरन्तै कार्वाही थालेको छ। यस बारेमा स्वास्थ्य विभागका डीजी तथा सचिव पेम्पा टी. भोटियाले विस्तृत जानकारी दिँदै जहाजमा सँगै यात्रा गर्नेहरू 12 जना पत्तो लागेपछि सबैलाई कोराइण्टाइनमा राखेको बताए। कालेबुङ निवासी रहेकी उक्त महिलाको निधन भइसकेपछि अगावै यात्राको विवरण र सिक्किमका मानिसहरूको पहिचान गर्ने काम भइसकेको बताउँदै सबैलाई विभागको निगरानीमा राखिएको बताए। यसैगरी उनले पश्चिम सिक्किमको तिक्पुरको 2 जनासित भने सम्पर्क हुननसकेको तर चाँडै सम्पर्क हुने बताएका छन्। यसको निम्ति पश्चिम जिल्ला मुख्य चिकित्सा अधिकारी र सम्बन्धित प्रशासनलाई मानिसहरू पत्ता लगाउन सूचना दिइसकेको बताए।
उनले रम्फू आईबीएम निवासी लोग्ने स्वास्नी र नानीहरूलाई आज नै मानइनिङ स्थित कोराइण्टाइनमा लगिएको बताए। यात्राबाट फर्किएका सबैलाई निगरानीमा राख्नका साथै उनीहरूको रक्त नमुना लिएर भोली नै उत्तर बङ्गाल मेडिकलमा जाँचको निम्ति पठाउने बताए। यदी मामिला पोजिटिव भएको खण्डमा पूरै आईबीएम र उनी कार्यरत रहेको मेनकाइण्ट दवाई कारखानालाई कोराइण्टाइनमा हाल्ने निर्णय गरिसकेको बताए। अर्को तिर सँगै यात्रा गरेर फर्किएका यात्रीहरूले पाँच देखि 14 दिनभित्र गर्नुपर्ने जाँचको समय अहिले पार गर्न आँटेको पनि बताए। उऩीहरूको यात्राको विवरण अनुसार आज 11 दिन पुगिसकेको जनाए। अर्कोतिर सोसियल मिडिया र वाट्सएपहरूमा व्यापकरूपमा आउने गरेको उडन्ते खबरहरू बारे मानिसहरूलाई सचेत गराउँदै पुष्टी नभएको कुनैपनि खबर सामाजिक सञ्जालहरूमा नहालिदिने अनुरोध गरे। उनले जिम्मेवार मिडियाकर्मी र स्वास्थ्य विभागलाई सोझो सम्पर्क गरेर यस विषयलाई पुष्टी गराउनुपर्ने आग्रह गरे। यसरी भ्रमित र झुठो खबरहरू फैलाएको खण्डमा कडा कानुनी कार्वाही गर्ने प्रावधान रहेको र यसबारे सबै नागरिक जिम्मेवार हुनुपर्ने आह्वान गरे। उनले केही दिन अघिको तादोङको एउटी महिलालाई स्वास्थ्य कर्मीहरूले सुरक्षा कवच लगाएरै उपचारको निम्ति लगिएको भीडीयोलाई कालेबुङको कोरोना पिडित महिलासित जोडेर भीडीयो सामाजिक सञ्जालमा भाइरल गराएको कुरा झुटो रहेको र त्यसो गर्नेलाई कार्वाही गर्न पुलिसको डीजी सित पनि सम्पर्क गरिसकेको बताए। उनले सबैलाई अकारण आएका सामाजिक सञ्जालको भिडियोहरूलाई गलत रूपमा प्रयोग नगर्ने आह्वान गरे।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!