Loading... आजः शनिबार , श्रावण १२, २०८१

कालेबुङको 13 भाजपा कार्यकर्ताले जनाए बिनयलाई समर्थन 45 नम्बर समष्टिको नयाँ समिति गठन


कालेबुङ, 23 परवरी। कालेबुङको 34 नम्बर समष्टि अन्तर्गत शहरी क्षेत्रका भाजपाका 13जना युवा सदस्यले बिनय तामाङको पक्षमा रहेको गोर्खा जनमुक्ति मोर्चालाई समर्थन जनाउँदै पार्टीमा सामेल भएका छन् ।
आज समर्थन गर्ने युवा सदस्यहरुलाई मोर्चा अध्यक्ष बिनय तामाङको बहुलीबाट झण्डा ग्रहण गरेर मोर्चामा सामेल भएका हुन् । यसरी नै कालेबुङ जिल्लाको 45 नम्बर समष्टिमा गोजमुमोको समिति पुनः गठन गरिएको छ। गत 5 अगस्तको दिन कालेबुङ गोजमुमो जिल्ला समिति कार्यालयमा बसेको बैठक अवधी केन्द्रिय समिति प्रतिनिधि अनि जिल्ला समिति प्रतिनिधिहरुको उपस्थितिमा 45नम्बर समष्टि समिति विघटन गरिएको थियो । आज बनिएको 45 नम्बर समष्टि समितिमा सभापति निम दोर्जी लामा चयन भएका छन् यसैगरि कार्यकारी अध्यक्ष शङ्खमनी राई, महासचिव अरूण गुरुङ समेत 40 कार्यकारी सदस्य रहेका छन्।

क्षेत्रीय स्तरमा पार्टीको बिस्तार र क्षेत्रीय समस्याहरुको निधान गर्न नयाँ समिती गठन गरिएको मोर्चा अध्यक्ष बिनय तामाङले बताएका छन् । पार्टी आफ्नो स्वार्थ पुर्तीकोलागि होईन आफ्नो क्षेत्रको बिकास गर्न र आम मानिसहरूलाई न्याय दिलाउन गर्नु पर्ने उनले आज आफ्नो कडा मन्तव्य पोखेका छन् ।

आजको 45नम्बर समष्टि पुन:गठन कार्यक्रम पुर्व गोरामुमो पार्षद शंखमनी राईको अध्यक्षता सम्पन्न भयो भने कार्यक्रम संचालन जिल्ला समिति सांगठनिक सचीव बिनय घिसिङले गरेका थिए।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!