Loading... आजः शनिबार , श्रावण १२, २०८१

कालेबुङमा पतिले पत्नी, नातिले बाजेको गरे हत्या


कालेबुङ 27 अगस्त। कालेबुङ जिल्लामा आज एकैदिन दुईवटा हत्याकाण्ड भएको छ। पहिलो हत्याकाण्ड गए राति निम्बोङ ग्राम पञ्चायत अन्तर्गत कमेरे नामक स्थानमा भएको छ। जहाँ आफ्नै पतिले धारिलो हतियारले हिर्काएर पत्नीको हत्या गरेका छन्। पत्नीको हत्यापछि पति पछ्यो लेप्चा आफैले आफ्नो शिर अनि घिच्रोमा धारिलो हतियारले काटेको कारण उनको अवस्था पनि गम्भीर रहेको छ। उनको अस्पतालमा उपचार चलिरहेको छ। घटनास्थलमा कालेबुङ थानाका पुलिस अधिकारीहरु पुगेर छानबिन गरिसकेका छन्। पोस्टमर्टम पछि मृतदेह परिवारलाई सुम्पिनेछ।
अर्कोतिर कालेबुङ नगरपालिकाको वार्ड नम्बर 21अन्तर्गत अप्पर कार्ट रोडमा आफ्नै बाजेको नातिले हत्या गरेको छ। आज बिहानको उक्त घटनामा 24 वर्षिय नाति शुभम राईलाई पुलिसले पक्राउ गरेको छ भने 72 वर्षिय मृतक कुमार राईको लास कालेबुङ जिल्ला अस्पतालमा पोष्टमार्टम गर्न लगिएको छ। मृतकका छोरा तथा हत्यारोपीका काका सुमन राईले शुभम मानसिक रुपमा स्वस्थ नरहेको बताउदै विगतमा पनि आफ्नो पितालाई शुभमले हातापाई गरेको बताएका छन्। उनले आफ्नो पितालाई निर्ममतासित कुटेर हत्या गरेको पनि बताएका छन्। पुलिसले दुवै घटनामा मामिला दर्ता गरेर कार्वाही अघि बढाईरहेको छ। (मनोज राई)

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!