Loading... आजः शनिबार , श्रावण १२, २०८१

काेराेनाबाट चिनियाँ महिलासहित थप दुई जनाको मृत्यु


नेपालमा कोरोना भाइरस (कोभिड १९)बाट चिनियाँ महिलासहित थप दुई जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको जानकारी दिनुभयो। मृत्यु हुनेमा पोखरामा कार्यरत ५९ वर्षीया चिनियाँ महिला र धनुषाका एक पुरुष छन्।

धनुषाको जनकपुर उपमहानगरपालिका निवासी पुरुष व्यक्तिलाई स्वास्थ्य समस्या भएपछि साउन २ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान भर्ना गरिएको थियो। कोरोना पुष्ति भएका उहाँको भेन्टिलेटरमा राखेर उपचार गराउनेक्रममा मंगलबार मृत्यु भएको हो।

Insert your Ads code here

यसैगरी चिनियाँ महिलामा गम्भीर स्वास्थ्य समस्या भएपछि पोखराको मणिपाल अस्पतालबाट हेलिकोप्टरमा काठमाडौंको ग्रान्डी अस्पताल भर्ना गरिएको थियो। नमूना जाँच गर्दा कोरोना पुष्टि भएको उहाँको त्रिवि शिक्षण अस्पतालमा थप उपचारको क्रममा बुधबार मृत्यु भएको हो।

थप दुई सँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२ पुगेको सरकारी सञ्चार माध्यमले जनाएका छन्। फाइल तस्बिर

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!