Loading... आजः शनिबार , श्रावण १२, २०८१

काेराेनाबाट त्रसित होइन सजग हुनुपर्ने बेला अाएकाे छ


सरकारले कोरोना (कोभिड–१९) भाइरसबाट त्रसित नहुन आग्रह गरेको छ। नेपालीहरू सजग हुनुपर्ने बेला आएको सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाको भनाइ छ।

‘हामीले आफ्नो दैनिकीलाई व्यवस्थापन गर्नुपर्ने बेला आएको छ। त्रसित भएर होइन सजग भएर हिँड्ने बेला हो यो’, मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने, ‘सरकारले सबै तयारी गरिसकेको छ। उच्च स्वास्थ्य सुरक्षा सतर्कता पनि अपनाइएको छ।’

उनले बाहिरबाट हुन सक्‍ने कोरोना संक्रमणबाट नेपाली सतर्क हुनुपर्ने बताए। विदेशबाट आउने नागरिकको स्वास्थ्य परीक्षण गरेर सतर्कता अपनाइएको जानकारी उनले दिए। उनका अनुसार ३७ वटा नाकामा स्वास्थ्य टोली खटाइएका छन्।

Insert your Ads code here

‘भारत प्रवेश गर्ने ३७ नाकामा स्वास्थ्य टोली राखिएको छ’, उनले भने, ‘विमानस्थलबाट प्रवेश गर्ने ६ वटा प्रवेशद्वारमा पनि स्वास्थ्य टोली राखिएको छ।’

उनका अनुसार सरकारले गणतन्त्र चीनका लागि नेपालका राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएर महेन्द्रबहादुर पाण्डेलाई राजदूत नियुक्तिको सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

ईश्वरराज पौडेललाई भारतको कोलकाताका लागि महावाणिज्यदूत नियुक्त गरिएको उनले सुनाए। महावाणिज्यदूत एकनारायण ढकाल सचिवमा बढुवा भएपछि उनको ठाउँमा पौडेललाई नियुक्त गरिएको हो।

सुपर मादी जलविद्युत् आयोजनाको पावरहाउस, हेडवर्क्स, पेनस्टक र पहुँचमार्गलगायत संरचना निर्माण गर्न ६.९५ हेक्टर सरकारी वन प्रयोग गर्न र रुखबिरुवा हटाउने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको उनले सुनाए।

मन्त्रिपरिषद्ले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदमा राजेन्द्रबहादुर अर्याललाई नियुक्त गर्नेलगायत निर्णय गरेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!