Loading... आजः शनिबार , श्रावण १२, २०८१

काेराेना भाइरस निस्तेज पार्न चालिएको सरकारी कदमकाे राष्ट्रिय शक्ति नेपालद्वारा स्वागत


राष्ट्रिय शक्ति नेपालले गत शनिबार एक विज्ञप्ति जारी गर्दै विश्वब्यापी रुपमा महामारीको रुपमा फैलिएको काेराेना भाइरसले पारेको प्रभाव तथा निजी अस्पतालकाे गैरजिम्मेवार ब्यवहारप्रति अाकर्षित भइ जनतालाई सेवा दिने नाममा राज्यको अनुमतिमा खोलिएका निजि अस्पतालहरुको यस्तो कायरतापुर्ण र अमानबिय रबैयाको राष्ट्रिय शक्ति नेपाल घोर भत्सर्ना र निन्दा गर्दछ भनेको छ। राष्ट्रिय शक्ति नेपालद्वारा जारी प्रेस विज्ञप्ति जस्ताकाे त्यस्तै प्रकाशन गरिएको छ।

राष्ट्रिय शक्ति नेपालको प्रेस बिज्ञप्ति

विश्व ब्यापी रूपमा माहामारिका रुपमा फैलिएको कोरोना भाईरसका कारण विश्व मानव समुदाय भयभित र आतंकित भएकोछ भने- भिभिन्न राष्ट्रमा ठूलो मानबिय क्षति समेत भएकोछ।

Insert your Ads code here

त्यसको प्रभावबाट हाम्रो राष्ट्र पनि अछुतो रहन सक्ने बिषय थिएन। अरु राष्ट्रमा जस्तो हाम्रो राष्ट्रमा आजका दिनसम्म कोरोना भाईरसबाट संक्रमितको संख्या न्युन देखिनु सुखद पक्षका रुपमा लिनुपर्छ। ढिलै भए पनि कोरोना भाईरसको माहामारिलाई निस्जेत पार्नकालागि सरकारले चालेका कदमलाई राष्ट्रिय शक्ति नेपालले स्वागत योग्य कदममा रूपमा लिएकोछ।
राष्ट्र र जनताको जिवनमा यस्तो बिपद आईलागेका बेलामा नेपाल सरकारको अनुमतिद्धारा संचालित भएका निजि अस्पतालहरुले संक्रमित हुन् यात सामान्य रुगाखोकी लागेका बिरामी हुन् कसैलाई पनि उपचार गर्न नमानेको र बिरामिलाई अस्पतालमा छिर्न नदिने जस्ता काम गरिएको भन्ने बिषय सामाजिक संजाल र सार्वजनिक संचार माध्यममा आएको देख्दा र सुन्दा राष्ट्रिय शक्ति नेपालको यस प्रती ध्यान आकृष्ट भएकोछ।

जनतालाई सेवा दिने नाममा राज्यको अनुमतिमा खोलिएका निजि अस्पतालहरुको यस्तो कायरतापुर्ण र अमानबिय रबैयाको राष्ट्रिय शक्ति नेपाल घोर भत्सर्ना र निन्दा गर्दछ। साथै देशका विभिन्न ठाउमा खोलिएका त्यस्ता निजि अस्पतालहरुलाई नेपाल सरकार र सम्बद्ध निकायले आबस्यक अनुगमन गर्नुका साथै जनताको सेवामा लगाउन यात राज्यले आफ्नो नियन्त्रणमा राखेर जनतालाई सेवा सुबिधा दिनका लागि राष्ट्रिय शक्ति नेपाल जोड्दार माग गर्दछ।

अध्यक्ष
केशर बहादुर बिष्ट
राष्ट्रिय शक्ति नेपाल

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!