Loading... आजः शनिबार , श्रावण १२, २०८१

काेराेना संक्रमित सावित्री पहिलो मृतक


नेपालमा कोरोनाबाट पहिलो मृत्यु भएको छ। सभामुख अग्निप्रसाद सापकोटाको जिल्ला सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको हो। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले शनिबार राति यसको पुष्टि गरेका छन्। डा. अधिकारीले विज्ञप्ति जारी गरी सावित्री पहिलो मृतक भएको जानकारी दिएका छन्।

बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले उपलब्ध गराएको विवरणअनुसार नौ दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सुत्केरी भएकी बाह्रबिसे–९ की सावित्री चालिसेको मृत्यु भएको हो। स्वास्थ्य सेवा विभागका डा. गुणराज लोहनीसहितको टोली दिउँसो एम्बुलेन्ससहित धुलिखेल अस्पताल गएको थियो। चालिसेको शव आजै काठमाडौं ल्याएर पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने तयारी भइरहेको छ।

Insert your Ads code here


सिन्धुपाल्चोकका प्रदेश सभा सदस्य सरेश नेपाल र प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले पनि सावित्रीको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेका छन्।

योसँगै कोरोना संक्रमितको संख्या २८१ पुगेको छ। ३६ जना निको भएका छन्। जनअास्था साप्ताहिक अनलाइनमा समाचार छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!