Loading... आजः शनिबार , श्रावण १२, २०८१

किताबले मान्छेलाई आफूलाई खोज्न सहयोग गर्छः रमण श्रेष्ठ


गान्तोक, 19 मई। सिक्किमेहरूले कस्तो किताबलाई चासो दिन्छन् अनि कुन किताबको स्वाद राम्रो छ पाठकलाई बताएर केहीबेर अन्तर्क्रिया गरेर पुस्तक बिक्री गर्ने गर्छन् उनी। राजधानी गान्तोकको पाइक परेको ठाउँमा अन्य व्यावसाय नै रोज्न र राख्न सक्ने तथा मनग्गे आय आर्जन गर्नसक्ने भएर पनि उनी मान्छेलाई किताब पढाउन कविता, संगीत, साहित्य, समाचोचना र सङ्कथनहरूलाई आफ्नो पेशाको साथी बनाएका छन्। सिक्किमे माटो कवि जीवन थिङ मार्गमा स्थित चर्चित रचना बुक्सका मालिक रमण श्रेष्ठले। अहिले विश्व कोरोना भाइरसको महामारीबाट बाँच्ने उपायहरू खोजिरहेका छन् भने विश्व लकडाउन गरेर आफैलाई घरभित्र थुनेर बसेको छ।
रचना बुक्सले पनि दोस्रो चरणको लकडाउनसम्म पाठकबाट बिमुख रहेर तालाबन्दीको कठोर पालन गरेर तेस्रो चरणमा राज्य सरकारले दिएको सामान्य छुटमा एक ढोके पसलहरू खोल्ने अनुमति पछि पुस्तक प्रेमीहरूको चर्चित गन्तव्य रचना बुक्स पाठकहरूको सेवामा आएको छ। गत महिनामात्र पुस्तक प्रकाशन र विक्रेताको क्षेत्रमा चार दशक पूरा गर्ने रचना बुक्सले अहिले घरैमा किताब पुऱ्याउने सेवा पनि शुरु गरेको छ। दुई दशकदेखि पसल सम्हाल्दै आएका रमणले यसपालिको लकडाउनमा भने नयाँ अनुभव बटुलेको कुरा साझा गरे।
उनले अहिले पाठकहरू पुस्तसितै अन्य विभिन्न समय कटनीको साधनहरूको उपभोग गरिरहेको अवस्थामा पनि पुस्तक पसल खोलेपछि भऩे राजधानीमा बस्ने नयां पठकहरू देखा परेको उनले बताए। पहिले नदेखिएका अनुहारहरू लकडाउनको राहतपछि बुक स्टोरमा आए जसले मिश्रित भाषाको किताबहरू लगिरहेका छन् भने उनीहरू फेरि-फरी बुक स्टोरमा फर्किएर आउन थालेका छन् जुन निकै रमाइलो पाटो मान्न सकिन्छ। उनले समय कटौनीको साधन अहिले विभिन्न सामाजिक सञ्जाल र अनलाइन माध्यमहरू भएको भए पनि पुस्तक पढ्नुको मजा र त्यसको आनन्द फरक हुने बताए।
उनले सिरियल हेर्दा फल्म् हेर्दा पाउने ज्ञानहरू पनि राम्रै भएपनि पुस्तकले भने मानिसलाई आफैलाई खोज्न सहयोग गर्ने बताए। पुस्तकले मान्छेलाई धैर्य सिकाउने र अन्तरमनलाई जोख्न पनि सिकाउने बताए। यद्यपी अनलाइन पुस्तक किन्नेहरू सितै बुक स्टोरमा आएर पुस्तक किन्नेहरूको फरक समालोचना रहेको उऩी बताउँछन्। पुस्तक पसलमा आउनेहरू घरिघरी आइरहन्छन् र अनलाइन पुस्तक किनेजस्तो अन्तरक्रिया नगरी मगाएको पुस्तक सोझै पढ्नुपर्ने स्थिति रहँदैन र यसपालि लकडाउनको राहतमा आउने पाठकहरूले पटक पटक आइदिएर बुक स्टोरमा गएर पुस्तक छान्नुको थप चासोपूर्ण विषयलाई पनि बुझ्ने मौका पाएको बताए।
कन्वर्स जस्ता पूर्वोत्तर भारतमै चर्चित अङ्ग्रेजी कविता कार्यक्रम अनि नेपाली भाषाको चर्चित चिया कविता कार्यक्रमको मुख्य स्थल रचना बुक्सले धेरै राष्ट्रिय अनि अन्तरर्राष्ट्रिय स्तरको लेखक अनि कलाकार, वार्ताकार, समिक्षकहरूलाई मञ्चमा उभ्याएर गुणस्तरीय कार्यक्रम सञ्चालन गर्दै गरेको उदाहरण साथमा राख्दछ अहिले लकडाउनले गर्दा सामाजिक दूरत्वलाई पूर्ण पालन गर्दै रचना बुक्समा केवल चार जना ग्राहकलेमात्र एकपल्ट पस्ने अनुमति पाएको छ। यसैगरी माक्स लगाउऩ अनिवार्य गरिएको छ भने सामाजिक दूरतत्व पालनगर्दै पसलमा पाठकहरूलाई स्वागत गरेको छ। आफ्ना पाठकहरूलाई बुक स्टोरमा आएपछि अहिलेसम्म लकडाउन अवधिमा सोचेको किताब र सन्तुष्टी दिन सकिरहेको रमनले बताए। आफ्नै प्रकाशनको र सिक्किममा सर्वाधिक बिक्रि हुने किताबहरू सीमा बन्द भएपछि छापाखानामा अड्किएको भएपनि अहिले पुरानो भण्डारणबाटै पनि ग्राहकहरूलाई सेवा दिइरहेको अनि गरैमा पुतक पुऱ्याउने काम पनि गरिरहेको उनी बताउँछन्।
त्यसैपनि पाठक कम्ति भएको सिक्किममा लकडाउनको समयमा पनि मानिसहरूले पढेनन् भने कहिले पढ्ने उनी उल्टै प्रश्न गर्छन् तर अहिले मानिसले धेरै पढ्न थालेको पनि बताउँछन्। सबैको आ-आफ्नो ठाउँ हुने त्यसै अनुरूप पढ्ने पनि आफ्नै समय हुने भएको भएपनि दिनमा केही समय भएपनि किताब पढ्नु भनेको जीवनको निम्त उपलब्धी नै मान्नुपर्ने उनको ठम्याइ छ। उनी पाठकहरूलाई किताब पढ्ने आग्रह गर्छन् भने किताब पढ्ने बानी बसाउनुपर्छ भनि सुझाउ पनि राख्छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!