Loading... आजः मंगलबार , फाल्गुन ६, २०८१

किसान माध्यमिक बिद्यालयको ४ कोठे भवनको उद्घाटन



बर्दिया राजापुर / कातिक २७
राजापुर नगरपालिका ५ खल्लाजयपुरको किसान माध्यमिक बिद्यालयमा नवनिर्मित ४ कोठे भवनको आज बर्दिया जिल्ला निर्वाचन क्षेत्र २ का सघिय सांसद सन्त कुमार थारुले उद्घाटन गर्नु भएको छ ।
आ.व. २०७६/०७७ को स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत रु ९२ लाख ९१ हजार १सय ६४ रुपैयामा निर्मित ४ कोठे पक्की भवन उद्घाटन गदै प्रमुख अतिथी तथा संघिय सासद सन्त कुमार थारुले भौतिक पुर्वधारको विकास सगसगै पढाईको गुणस्तरमा पनि ध्यान दिन जरुरी रहेको र यस किसान माध्यमिक बिद्यालयको सौन्दर्यता बनाउन सबै तहबाट सहयोग गर्न जरुरी रहेको बताए ।

     कार्यक्रमका विशिष्ट अतिथी तथा लुम्बिनी प्रदेश बर्दिया २ खका प्रदेश सांसद दिपेश थारुले २०६४सालको निर्वाचन पछि पछाडी परेको किसान माध्यमिक बिद्यालयलाई अगाडी बढाउन अभियानको रुपमा निरहन्तररूपमा कामहरु गदै आइरहेको बताउद,ै प्रदेश सरकारबाट वाल निर्माणका लागि सहयोग भएको र आगामी दिनमा केही न केही रकमहरु उपलब्ध हुने बताउनु भयो ।
   कार्यक्रमका विशिष्ट अतिथी तथा राजापुर नगरपालिका प्रमुख शिब प्रसाद चौधरीले राजापुर नगरपालिकाको शिक्षा क्षेत्रमा गुणस्तर सुधार ल्याउन यस आर्थिक बर्षमा राजापुर नगरपालिका भित्र २० वटा बिद्यालयहरुमा भवन निर्माण गर्ने बताउदै बिद्यालयहरुको भौतिक सुधार , शैक्षिक गुणस्तरमा सुधार ल्याउन बिभिन्न कार्यक्रम तथा सहयोगहरु गदै आइरहेको बताउनु भयो ।
कार्यक्रममा सभापति तथा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष परमेश्वर उल्टहवाले कोरोनाले देश तहस नहस भइरहेको समयमा यसरी भवन उद्घाटन गर्न सकेकोमा सबैलाई धन्यवाद दिदै बिद्यालयको भाैतिक शैक्षिक सुधारका लागि सरकार विद्यालय परिवार र अभिभावकहरुमिलेर जान सकेमात्र सुधार आउने एक्लै केही गर्न नसकिने बताउनु भयो ।
स्वागत मन्तव्य दिदै निमित प्र.अ. जुगराम चौधरीले राम्रो पक्की भवन बिद्यालयले पाएकोमा खुसी व्यक्त गदै प्रखालको आवश्यकता परेको बताउनु भयो ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका सदस्य शान्ती चौधरी, राजापुर नगरपालिका वडा नंका अध्यक्ष रामबहादुर चौधरी, वडा सदस्यहरुपुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विभिन्न बिद्यालयका प्र.अहरु, संचारकर्मिहरुको उपस्थित रहेको थियो ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!