Loading... आजः शनिबार , श्रावण १२, २०८१

कुटाई खाने मिलन थुनामै, मनाङे ६ हजार धरौटीमा छुटे


फाइल तस्बिर

अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका प्रदेशसभा सांसद राजीव गुरुङ((दीपम मनाङे) धरौटीमा रिहा भएका छन्। मनाङेलाई जिल्ला प्रशासन कार्यालयले ६ हजार धरौटीमा रिहा गरेको सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिएका छन। उनलाई फागुन १३ गते उपस्थित हुने गरी धरौटीमा रिहा गरिएको पौडेलले बताए।

मनाङेलाई माघ ९ गते पक्राउ गरिएको थियो। कुटाई खाने एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई पनि बैंकिङ कसुरको आरोपमा १० गते पक्राउ गरिएको थियो। मिलनलाई भने थप ७ दिन थुनामा राख्ने गरी म्याद थप गरिएको छ।

Insert your Ads code here

मंगलबार पोखरामा उद्घाटन भएको मुख्यमन्त्री कप फुटबल समारोहमा मिलनमाथि कुटपिट गरेको आरोपमा मनाङ्गे बिहीबार पक्राउ परेका थिए। मनाङे प्रहरी अनुसन्धानमै रहेका बेला गुरुङसमेत पक्राउ परेका हुन।

मिलन गुरुङविरुद्ध बैंकिङ कसुर, ठगीलगायतको आरोपमा जिल्ला अदालत कास्कीले पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो।

आइतबारको प्रदेशसभा बैठकमा विपक्षी सांसदले मनाङ्गेले सांसद मर्यादा विपरित कार्य गरेकाले कारबाहीको माग गरेका थिए। सांसदहरु हरिशरण आचार्य र विन्दु थापाले मनाङेमाथि कारबाहीको माग गरेका हुन अन्नपूर्ण पाेष्ट अनलाइनमा समाचार छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!