चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा नेपाली राष्ट्रपति विद्यादेवी भण्डारी बीच अगष्ट १ तारिख आपसमा शुभकामना सन्देश आदानप्रदान भएको छ। चीन र नेपालबीच दौत्य सम्बन्ध कायम भएको ६५ औँ वार्षिकोत्सवका अवसरमा शुभकामना आदानप्रदान भएको हो।
आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले दौत्य सम्बन्ध कायम भएको ६५ वर्षयता दुवै देशले सधैं नै एकअर्काको सम्मान गरेको, समान रुपमा व्यवहार गरेको, राजनीतिक पारस्परिक विश्वास प्रबर्द्धन गरेको र आपसी हितयुक्त सहकार्यलाई गहन पारेको औँल्याउनुभएको छ। राष्ट्रपति भण्डारीसँगै मिलेर दुवै देश सम्बन्धलाई निरन्तर रुपमा अघि बढाउनुका साथै क्षेत्रीय स्थिरता र विकासका लागि सकारात्मक योगदान गर्दै जान चीन इच्छुक रहेको कुरा पनि राष्ट्राध्यक्ष सीले बताउनुभएको छ।
नेपालका राष्ट्रपति भण्डारीले आफ्नो सन्देशमा चीनद्बारा प्रस्तुत मानव जाति भाग्यको एकरुपताको निर्माण गर्ने विचारधाराको नेपालले स्वागत गर्नुका साथै सक्रियताका साथ बेल्ट एण्ड रोड सहकार्यमा भाग लिँदै जाने आशा पनि व्यक्त गर्नुभएको छ। चीनसँगै मिलेर दुवै देशका नेता बीच सम्पन्न विस्तृत मतैक्यलाई व्यवहारमा उतारेर दुई देश र दुवै देशका जनताका लागि सुखमय जीवनको सिर्जना गर्दै जान नेपाल इच्छुक रहेको कुरा औँल्याउनुभएको छ।
सोही दिन चीनका प्रधानमन्त्री ली खछ्याङ र नेपाली प्रधानमन्त्री केपीशर्मा ओली बीच एकले अर्कालाई पनि शुभकामना सन्देश पठाउनुभएको छ।