कृषिमा विकास र समृद्धि देखेका पन्त
भेरी इनर्जि कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुरेश पन्तको दिमागमा सरकारले गरेको लकडाउन घोषणासँगै नयाँ जुक्ति फुर्योन । गाउँमै बस्छु, कृषि कर्म गर्छु । पन्तले समावेशी कृषि फर्म दर्ता गरे । नयाँ ढंगबाट काम गर्ने सोच बनाएका उनले सुरुवातमा पाँच बिगाहामा कागती खेती गर्ने सोच बनाएर अघि बढे ।
फुर्सदको समयमा विज्ञको सहयोगमा माटो परीक्षण गर्दा कृषि कर्मबाट लाभ लिन सकिने विश्वस्त पन्त कागतीको खेती गर्न तल्लिन भए । फलरुवरुप उनको कृषि कर्मले तीव्र रुपमा गति लियो । धनकुटाको कृषि अनुसन्धान केन्द्रबाट टिस्यू कल्चर गरिएको सुन कागतीको विरुवा ल्याएर हजारौ विरुवा खेतमा लगाए । अझै कृषि कर्म बिस्तार गर्न मोरिगां(शितल चिनी) लागाउने उनको योजना छ । जंगली जनवारबाट पीडित किसानलाई लाभ हुने काणेबाश लगाउनका लागि हाइटेक नर्सरीमा उनले बासको बिरुवा उत्पादन सुरु गरेका छन् । कागतीसँगै मेवा खरभुजा लगाएको उनी बताउँछन् ।
दिर्घकालिन सोच बनाएर कृषि कर्ममा होमिएका उनले यतिबेला सुन कागतीका विरुवा रोपेका छन् । नेपालमा कागतीको माग उच्च भएकाले कागती खेतीबाट मनग्य आम्दानी लिन सकिनेमा उनी विश्वस्त छन् । नयाँ–नयाँ काम गर्ने सोखिन उनले दुई महिनाको अवधिमा पाँच बिगाहामा कागती रोप्न सफल भए ।
मधुवन नगरपालिका ढोढरीमा बस्ने ४४ वर्षीय पन्त सफल उद्यमीका रुपमाा चिनिएको नाम हो । बेला बेलामा समाजसेवी र सफल उद्यमी भनेर पन्तको चर्चा सामाजिक संजालमा भाईरल हुन्छ । कोरोनाको संक्रमण नियन्त्रणका लागि संकटको अवस्थामा जिल्लाको विपद व्यवस्थापन समितिलाई लाखौको स्वास्थ्य सामाग्री उपलब्ध गराएका उनी जिल्लाबासी माझ प्रिय छन् । समाजसेवी पन्त जिल्लामा हुने राम्रा कामका लागि चौतर्फी आवश्यक्ता बनेका छन् ।
लकडाउन अवधि कृषि कर्ममा उदाहरणिय काम गर्न सफल भएका पन्तको कद झन उचो भएको छ । विरुवा उत्पाादनको लागि सुबिधा सम्पन्न टनेल हाउस निर्माण गरेका उनले विरुवा उत्पादन सुरु गरेर ठूलो क्षेत्रमा कृषि कर्मलाई बिस्तार गर्ने र अर्को वर्षदेखि हाईटेक नर्सरीबाट सबै थरिका विरुवा उत्पादन गर्ने उनको लक्ष्य छ । कागती, काणेबाश, मोरिगां, खरभुजा विरुवा हाईटेक नर्सरीबाट तयारी गरेर बिक्री गर्ने उनको लक्ष्य हो ।
लकडाउनमा पाँच बिगाहा क्षेत्रफलमा कागती लगाएर नमुना काम गरेर चर्चा बटुल्न यतिबेला उनी सफल भए । जग्गा बाहेका कागती रोप्दासम्म करोड रुपैयाँ लगानी भइसकेकोे उनी बताउँछन् । पाँच बिगाहा क्षेत्रफलमा कागती रोपेका उनले कृषि कर्मबाट देशमै पिछडिएको यस क्षेत्रलाई कृषिको माध्यमबाट चिनाउने धोको छ । लकडाउनमा बेला पुरै कृषि कर्म व्यस्त भएको उनी बताउँछन् । ‘म आफू मात्र व्यस्त नभएर संकटको अवस्थामा रोजगारी पाउदा स्थानीय पनि खुसी भए’ उनले भने, ‘सानो सोच बनाएर कागती रोपेको होइन, कृषि कर्ममा मैले भविष्य देखेको छु ।’
पाँच बिगाहा मात्र नभई देशलाई नै कागतीले आत्मनिर्भर गराउने उद्देश्यले क्षेत्रमा होमिएको उनले सुनाए । ‘पछिल्लो चार महिना तीन अर्बको कागती नेपाल भित्रिएको थाहा पाएपछि बल्ल मेरो आखा खुलेको हो,’ उनले भने, ‘परम्परागत तरिकाले कृषि कर्मबाट फाईदा लिन नसकिएको हो, विज्ञको सल्लाह लिएर काम गरेकाले पक्कै सफल हुन्छु ।’
फाईदा मात्र नसोचेर कृषि कर्म नगरेको उनी बताउँछन् । ‘यो मेरो पाईलट प्रोजेक्ट जस्तै हो,’ उनले भने, ‘कृषि आश्रीत सबैले यसबाट सिक्ने मौका पाउँछन्, यसबाट अधिकांश किसान लाभान्वित हुने विश्वास लिएको छु ।’
कागतीको खेतीबाट लाभ लिन सकिने डा. राजेन्द्र देवकोटाले बताए । ‘खर्च मेन्टेन गर्न मेवा र खरभुजा लगाएका छौ’उनले भने,‘मेवा छ महिनाभित्र तयार हुन्छ भने खरभुजा तीन महिनामा तयार हुन्छ । ’कागती दुई वर्षमा तयार हुने हुनाले मेवा र खरभुजाले खर्च मेन्टेन गर्ने उनले जानकारी दिए । दुई वर्षपछि कागती तयार भएपछि आम्दानी हुने देवकोटा बताउँछन् । नागरिक दैनिकबाट साभार