Loading... आजः शनिबार , श्रावण १२, २०८१

कृषि उत्पादन ढुवानीका लागि कृषि एम्बुलेन्स संचालन गरिने


भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ ले कृषि तथा पशुपंक्षीजन्य उत्पादनको ढुवानी, आपूर्ति तथा वितरणमा सहजीकरणको लागि कृषि एम्बुलेन्स संचालन गर्ने भएको छ। मन्त्रालयले कोभिड—१९ को नियन्त्रणका लागि बाहिरबाट आयातित तरकारी तथा फलफुलको आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाएकाले स्थानीय उत्पादित कृषि उपजको सुलभ आपूर्ति तथा वितरणको व्यवस्थापनको लागि मन्त्रालय मातहत रहेका कार्यालयहरुले सहजीकरण गर्ने निर्णय गरेको सेतोपाटी अनलाइनले जनाएको छ।

मन्त्रालयको फेसबुक पेजमार्फत मन्त्रालयले गरेका निर्णयहरु जानकारी गराउँदै मन्त्रालयका प्रवक्ता विनोद घिमिरेले जिल्लास्थित कार्यालयहरुमा रहेका पिकअप वा गत आर्थिक वर्षमा मन्त्रालय र मातहतका कार्यालयले अनुदानमा वितरण गरेका पिकअप गाडीलाई कृषि एम्बुलेन्सको रुपमा संचालन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो।

प्रवक्ता घिमिरेले ती गाडीहरु परिचालन गर्दा गाडीको भाडा सम्बन्धित कृषि सहकारीले बेहोर्नुपर्ने र ईन्धनको लागि भने कृषि ज्ञानकेन्द्र वा मन्त्रालयमा माग गर्न सकिने बताउनुभयो।

Insert your Ads code here

कोभिडको कारण साना किसानहरुलाई परेको प्रभाव न्यूनिकरण गर्न जिल्ला स्थित कार्यालयहरुको अगुवाईमा यस्तो प्रयत्न गरिएको हो। कृषिजन्य उपजको ढुवानी तथा वितरणमा सहजीकरण गर्न १२ वटै जिल्लामा सम्पर्क कार्यालय र सम्पर्क व्यक्ति तोकिएको उहाँको भनाइ छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!