Loading... आजः शनिबार , श्रावण १२, २०८१

कृषि प्रगति फार्मस् क्लब माङबीरको १४औं स्थापना दिवस


गान्तोक,1 फरवरी। पश्चिम सिक्किमको ताकुथाङ-छुचेन ग्राम पञ्चायत इकाईअन्तर्गत माङबीरमा आजदेखि कृषि प्रगति फार्मस् क्लब माङबीरको १४औं स्थापना दिवस समारोह भब्यताका साथमा आरम्भ भएको छ जो आगामी ११ फरवरी मा समापन हुनेछ । कृषि विषय अतिरिक्त यस पञ्जीकृत संस्थाले सांस्कृतिक, सामाजिक, जागरूकता शिविर साथै विविध कार्यक्रम गर्दै आइरहेको छ ।

खुल्ला हातेभकुण्डो, सांस्कृतिक नृत्य अनि कृषि आधारीत स्वयं सहायता समूहहरूको उत्पादनको बिक्री साथै प्रदर्शनी कार्यक्रमको मुख्य आकर्षण रहेको थियो । रिञ्चेन्पोङ निर्वाचन क्षेत्रका क्षेत्र प्रभारी फूर्बा छिरिङ भोटिया मुख्य अतिथिका रूपमा थिए भने पासाङ तामाङ, पूर्ण प्रसाद शर्मा, बुद्धिमान विश्व, जिग्मी भोटिया, विकाश राई, दावा तामाङ, बुद्धीराज सुब्बा, डी०बी० तामाङ आदि विशिष्ट अतिथिका रूपमा थिए ।पहिलो हातेभकुण्डो खेलमा भिजन यूथ क्लब छुचेन विजयी बनेका छन् भने दोस्रो खेलमा अमरज्योति संस्थान छुचेन विजयी बनेका छन् । आयोजक समितिका सभापति चन्द्र बहादुर राईले स्वागत सम्भाषण राखेको यस कार्यक्रममा ओङ दोर्जी तामाङले धन्यवाद ज्ञापन गरेका थिए भने दिनेश राईले उद्घोषक गरेका थिए

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!