कैलाली टिकापुर कातिक २३ नेपाल उद्योग वाणिज्य महासंघको खुल्ला केन्द्रीय सदस्य पदका लागि कैलाली टिकापुरका युवा व्यवसायी परशुराम चपाईले उम्मेदवारी दिएका छन् । टीकापुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रहनु भएका चपाइ सुदूरपश्चिमबाट खुल्ला केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गर्ने चपाई एकमात्र उम्मेदार हुन । टिकापुर क्षेत्रमा अटोमोबाइल लगायत व्यवसायमा संचालन गरि सफल युवा व्यवसायीका रूपमा प्रचित चपाई टीकापुर उद्योग वाणिज्य संघको पधादिकारी हुँदै अध्यक्षको जिम्मेवारी सम्हालिसकेका हुनुहुन्छ । उनले वरिष्ट उपाध्यक्षका उम्मेदार चन्द्र ढकाल प्यानलबाट उम्मेदवारी दर्ता गराएका हुन । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएपछि वरिष्ठ उपाध्यक्ष सहितका पदमा चुनाव हुने भएको छ। महासंघको वरिष्ठ उपाध्यक्षका लागि ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिएका छन । महासंघले यहि मंसिर १३ गते चुनावको मिति तोकेको छ भने मंसिर ४ गतेसम्म उम्मेदवारी दर्ता गर्न सकिने चुनावी तालिका रहेको छ ।