लकडाउनमा नेपालमा केही ठूला अनलाइन पसलहरूले गाडीबाट घर-घरमै सेवा दिइरहेका छन्। सामान्यतया मोटरसाइकलमा डेलिभरी हुने भए पनि लकडाउनको अवधिमा सामान गाडीमै ढुवानी गर्न थालेका हुन्।लकडाउनको समयमा मोटरसाइकलमा हिँड्दा समस्या हुने भएकाले गाडीमै सामान डेलिभरी गर्न थालिएको दराजकी मार्केटिङ म्यानेजर सलिना नकर्मीले जानकारी दिनुभयो।
यो अवधिमा क्यास लेस कारोबार बढे पनि धेरैले पैसामै कारोबार गर्ने गरेको उहाँले जानकारी दिनुभयो।
अहिले चामल, दाल, चाउचाउ, पाउडर दूध, स्यानिटाइजर लगायतका सामग्रीको धेरै माग हुनेगरेको छ। त्यस्तै कही दिन अगाडि मात्रै सुरू भएको ग्यापु अनलाइनले पनि गाडीमै सामान ढुवानी गरिरहेको सेतोपाटी अनलाइनले जनाएको छ।
Insert your Ads code here
दैनिक ३ देखि ४सयसम्म घरधुरीमा गाडीमा सामान डेलिभरी गरिएको ग्यापु मार्केट प्लेसका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र खड्काले जानकारी दिए।
ग्यापुमा क्यास अन डेलिभरी, एटिएम, मोबाइल वालेट लगायतबाट पैसा तिर्न सकिने खड्काले बताउनुभयो।