Loading... आजः शनिबार , श्रावण १२, २०८१

कैलालीको श्रीलकामा बाघको आक्रमणबाट एक युवा घाइते


२०७९ चैत्र २४ शुक्रबार प्रकाशित
बर्दिया राजापुर
कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा नम्बर ८ श्रीलंका का एक युवालाई बाघले आक्रमण गरी घाईते बनाएको छ ।
टिकापुर नगरपालिका वडा नम्बर ८ नम्बर वडाका २७ वर्षका पवन आउजी शुक्रबार बिहान साढे १० बजे आक्रमण गरेको उनको उपचार राजापुर बर्दिया स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भइरहेको छ ।
घाईते आउजीको अवस्था भने सामान्य रहेको छ ।
घर नजिकैको गहुँ खेतमा गएको बेलामा उनलाई बाघले आक्रमण गरेको स्थानीयको भनाइ रहेको छ । घाइते आउजिको दायाँबायाँ हात र बायाँ कानमा चिथोरेको र बाघले आक्रमण गर्दा होहल्ला भएकोले बाघ जंगल पसेको बताइएको छ ।
नेपाल भारत सिमा नजिकैको ७००÷ ९९ पिलर नजिक आक्रमण गरेको बताइएको छ ।
विओपी श्रीलंकाले वरिपरिको क्षेत्रमा परिचालन भइ स्थानीयलाई सचेत रहनका लागि आग्रह गरेको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!