Loading... आजः शनिबार , असार ३०, २०८१

कैलालीमा एक जना म्यूकरमाइको सिस (कालो ढुसी) संक्रमितको मृत्यु


शेरबहादुर ऐर

धनगढी- कैलालीमा एक जना म्यूकरमाइकोसिस (कालो ढुसी) संक्रमितको मृत्यु भएको छ। 

सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको बर्दगोरिया ६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

सूचना अधिकारी श्रेष्ठका अनुसार जेठ १७ गते देखि अस्पतालमा उपचाररत उनको बिहिबार बिहन ७ बजे मृत्यु भएको हो।
श्रेष्ठले ती पुरुषले पिसिआर परिक्षण गर्दा रिपोर्ट भने नेगेटिभ आएको बताए।

‘सेती प्रादेशिक अस्पतालमा कालो ढुसीबाट मृत्यु हुने पहिलो संक्रमित उनै हुन’ सूचना अधिकारी श्रेष्ठले भने –‘यसअघि यस्तो लक्षणका कुनै पनि संक्रमित अस्पतालमा फेला परेका थिएनन् र उपचारमा पनि छैनन्।’

मृतकको उपचारमा संलग्न डाक्टर शेरबहादुर कमर ,डाक्टर निशान भट्टराई  र डाक्टर अशोक श्रीपाईलीको टिमले उनमा कालो ढुसीको लक्षण देखिएपछि बायोप्सी परीक्षण गर्दा पुष्टि भएको थियो।

मधुमेह, क्यान्सर लगायतका बिरामीमा यसको समस्या बढी देखिने  चिकित्सहरुले बताएका छन्।  यस रोगबाट बच्न आफ्नो शरीरमा रोगप्रतिरोधी क्षमतालाई घट्न नदिने कुरामा चनाखो  हुनु पर्नेमा सेती प्रादेशिक अस्पतालमा कार्यरत डाक्टर निशान भट्टराई बताउछन्।

 

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!