Loading... आजः सोमबार , असार ३२, २०८१

कोटेश्वरमा प्रचण्डको घोषणा : ‘अबको प्रधानमन्त्री तपाईं’


आज दिउँसो नेकपा वरिष्ट नेता माधव नेपालको निवास कोटेश्वरमा उनी निकट समूहको भेला भएको छ। अध्यादेश प्रकरणपछि नेकपाको आन्तरिक राजनीतिमा आएको अभूतपूर्व उतारचढावसँगैको उक्त भेलालाई अर्थपूर्ण मानिएको छ। प्रचण्डसमेत पुगेका आजको भेलामा घनश्याम भुषालबाहेक नेपाल निकट स्थायी समितिका अधिकाम्श सदस्यको उपस्थिति थियो। भुषाल भने पूर्व निर्धारित अर्को कार्यक्रमका कारण अनुपस्थित रहेको बताइएको छ।

प्रधानमन्त्री एक्लैको निर्णयबाट उत्पन्न वर्तमान असहज परिस्थितिलाई पार लगाउन नेता नेपालले नेतृत्वदायी भूमिका खेल्नपर्ने भनी नेकपा अध्यक्ष प्रचण्डले गरेको आग्रहलाई उपस्थित सबैले समर्थन गरेका थिए। सहभागीहरूले अध्यादेश फिर्ता भएपनि त्यसबाट उत्पन्न गम्भीर विषयमा गहन ढंगले छलफल गर्दै अगाडिका विकल्पबारे दृढताकासाथ अघि बढ्न पनि नेपाललाई आग्रह गरेका छन्। सरकारको पछिल्लो कामको समीक्षा गर्न तत्काल सचिवालय, स्थायी समिति र केन्द्रीय समितिको बैठक बोलाउनुको विकल्प नभएको धारणासमेत सहभागीहरूले राखेको बुझिएको छ।

भेलामा एमाले उपाध्यक्षत्रय भीम रावल, युवराज ज्ञवाली, अस्टलक्ष्मी शाक्य, महासचिवमा ६ भोटले पछि परेका सुरेन्द्र पाण्डे, बेदुराम भुसाल, पर्यटन मन्त्री योगेश भट्टराई, रघुजी पन्त, भीम आचार्य, मुकुन्द न्यौपाने, गोकर्ण बिष्टलगायतको उपस्थिति थियो। जनअास्था अनलाइनले लेखेको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!