Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोटेश्वर–कलङ्की खण्डमा नयाँ ट्राफिक नियम


चीनको सहयोगमा विस्तार भएको काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन अभियानअन्तर्गत चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा सवारीसाधनका लागि नयाँ नियम कार्यान्वयनमा ल्याइने भएको छ। नियमअनुसार यात्रुवाहक तथा मालवाहक र कम गतिमा गुड्ने सवारीसाधन बायाँ सर्भिस लेनबाट र निजी तथा साना सवारीसाधन दाहिने मुख्य (द्रुत) लेनबाट मात्र गुड्न पाउने छन्। चक्रपथको सो खण्डमा चैत २ गतेबाट यो नियम कार्यान्वयनमा आउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको गोरखापत्र अनलाइनजले लेखेको छ।

पछिल्लो समय उपत्यकाको सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रूपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालना गराउन उक्त नियम लागू गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘यो सडक व्यवस्थित र सुविधायुक्त छ, यात्रुवाहक, मालवाहक र विस्तारै गुड्ने गाडी बायाँ लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारी दाहिने लेनबाट चल्ने अन्तर्राष्ट्रिय अभ्यास रहेकाले यसलाई कार्यान्वयन गर्दा सडक अनुशासन कायम हुने र दुर्घटना न्यून हुने अपेक्षा गरिएको छ।’

मुलुककै पहिलो आठ लेनको सो सडकमा लेन अनुशासन पालना नहुँदा मासिक ८५ को हाराहारीमा सडक दुर्घटना हुने तथ्याङ्क रहेको महाशाखाले जनाएको छ। महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सवारीसाधनले जथाभावी लेनको प्रयोग गरी सवारी चलाउने तथा लेन परिवर्तन गर्ने, लुकिङ ग्लास र साइड लाइटको प्रयोग नगरी जथाभावी ओभरटेक गर्ने, तोकिएको गतिभन्दा तीव्र गतिमा सवारी चलाउने लगायतका असावधानीका कारण चक्रपथको सो खण्डमा दुर्घटनाको जोखिम बढेको बताउनुभयो।

Insert your Ads code here

महाशाखाले उक्त सडक खण्डको मुख्य लेनमा ५० र सर्भिस लेनमा २० किमी प्रतिघण्टाका दरले गति निर्धारण गरेको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!