Loading... आजः सोमबार , असार ३२, २०८१

कोटेश्वर–जडिबुटी सडक बिस्तार गरिने


नेपाल सरकारले काठमाडौंको कोटेश्वर–जडिबुटी सडक खण्डको जाम हटाउन सडक विस्तार गर्ने भएको छ। तत्कालका लागि सवारी साधनको जाम हटाउन जडिबुटी चोकमा दायाँ बायाँ दुवै भागमा सडक बिस्तार गर्ने सरकारको तयारी छ। दीर्घकालीन रुपमा सुरुङ मार्ग, फ्लाई ओभर वा दुवै निर्माण गर्ने योजनामा सरकार लागेको कारोबार अनलाइनले लेखेको छ।

त्रिभुवन विमानस्थलको केही जग्गा प्रयोग गरी सडक विस्तार गर्न लागिएको हो यसका लागि उडान र सडक सुरक्षामा अवरोध नहुनेगरी निर्माण गर्न लागिएको छ। सडक बिस्तारका लागि भौतिक पूर्वाधार मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, सडक विभाग सहति सरोकारवाला निकाय सहमत भएका छन्। मन्त्रालयको सहमति पछि प्राविधिक सहितको टोलीले स्थलगत अध्ययन अवलोकन, नापजाँच गरी सडक विस्तारको स्वीकृतका लागि पर्यटन मन्त्रालयमा पत्र पठाएको छ। उपत्यकाको बढ्दो ट्राफिक चाप कोटेश्वर क्षेत्रमा बढी रहेकाले सरकारले ट्राफिक चापलाई सहजीकरण गर्न दीर्घकालीन र अल्पकालीन योजना अगाडी सारेको हो।

विस्तार गर्न लागिएको सडकमा पर्ने ६ आना १ पैसामा बनेको घर अधिग्रहण गर्न सरकारले स्वीकृति दिइसकेको छ। सडक विस्तारसँग यो सडक खण्डबाट बाहिरीने सवारी साधनलाई यात्रामा सहजीकरण हुने छ।

Insert your Ads code here

सरकारले आगामी आर्थिक वर्षभित्रै डेडिकेटेड सडक विस्तार गर्ने गरी काम सुरु गरेको सडक विभागमा उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाले बताउनुभयो। उहाँले भन्नुभयो, “उत्तरी भागमा साढे ३ मिटर फुटपाथ सहितको १ लेन सडक र दक्षिणमा २ लेन सहितको सडक विस्तार गर्ने योजनासहित काम अगाडि बढाएको छौं, हामीले दक्षिणमा २ लेनको नै माग गरेका छौँ।” सडक विस्तारसँगै तीनकुनेबाट कोटेश्वर हुँदै पेप्सीकोला जाने र भक्तपुरबाट कोटेश्वर हुँदै सातदोबाटो जाने सवारीसाधनले जाममा बस्नु पर्ने छैन भने सडक विस्तारसँगै सवारी आगमन सहज हुने छ।

दीर्घकालीन योजनामा भने सरकारले तीनकुनेबाट विमानस्थलको धावनमार्गको तलबाट सुरुङ मार्ग निमार्ण गर्न वा तीनकुनेबाट कोटेश्वर सडक भन्दा अगाडिसम्म फ्लाइओभर बनाउनका लागि आवश्यक अध्ययन भइसकेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!