बर्दिया राजापुर
राजापुर नगरपालिका कोभिड १९ विशेष अस्पतालको लागि २थान अक्सिजन कन्सन्ट्रटर प्रदान गरिएको छ ।
विश्वव्यापीरुपमा मानवजातीलाई प्रभावपारी जनधनको क्षती पु¥याइ रहेको समयमा अक्सिजनको कमी हुन नदिन नेपाल चिकित्सक संघकाठमाण्डौको सौजन्यमा नेपाली काग्रेश प्रतिनिधी सभा क्षेत्र न. २ प्रदेश सभा क्षेत्र नं २(१) र प्रदेश सभा नं २(२)को सयुक्त पहलमा अक्सिजन कन्सन्ट्रटर २ थान आज प्रदान गरिएको छ ।
नेपाली काग्रेस प्रदेश सभा क्षेत्रीय सभापति बर्दिया क्षेत्र नं २(२) नाचु राम चौधरीले राजापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेश अर्याललाई सो सामान हस्तान्तरण गर्नु भएको छ ।
Insert your Ads code here
समाग्री प्रदान गदै नेपाली काग्रेस प्रदेश सभा क्षेत्रीय सभापति बर्दिया क्षेत्र नं २(२) नाचु राम चौधरीले विगतका दिन देखी नै नेपाली काग्रेस मार्फत कोभिडका विमारीको लागी माक्स लगायतका स्वास्थ्य समानहरु प्रदान गदै आइरहको बताउँदै जनता र देशको लागी राजनितीक गर्ने हो भने केही न केही पाटीबाट सहयोग गर्नु पर्ने हुन्छ मनसायका साथ नेपाली काग्रेस बर्दियाको पहलमा नेपाल चिकित्सक संघको सौजन्यमा प्रदान गरिएको यस भन्दा अगाडी बर्दिया जिल्लाको भुरीगाँउ र मधुवनमा पनि अक्सिजन कन्सन्ट्रटर प्रदान गरी सकिएको बताउनु भयो ।
राजापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले कोभिड १९को बिमारीलाई अक्सिजनको कमी हुन नदिन मदद्त पुराउने बताउँदै कोभिड खोप अपुग अवस्थामा रहेकोले विशेष पहल गरि दिनु पनि अनुरोध गर्नु भएको छ ।
नेपाल शिक्षक संघ राजापुर नगर सभापति छप्पुराम चौधरीले संचालन गर्नु भएको कार्यक्रममा नेपाली काग्रेसका विभिन्न पदमा रहेका नेतागणहरुको उपस्थित रहेको थियो।