Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोभिड विरुद्धको चिनियाँ भ्याक्सिनको परीक्षण अन्तिम चरणमा


चिनियाँ कम्पनीले विकास गरेको कोरोनाभाइरस विरुद्धको खोपको परीक्षणमा इन्डोनेशियाका एक हजार ६२० थप सहभागीहरू सामेल भएका छन्।

अन्तिम चरणतर्फ पुगेको खोप परीक्षणमा सहभागी भएकाहरुलाई खोप दिइनुअघि पीसीआर परीक्षण गरिनुका साथै स्वास्थ्य परीक्षण पनि गरिएको थियो।

उनीहरूलाई खोपको पहिलो मात्रा दिइएको १४ दिनपछि मात्र दोस्रो मात्रा दिइएको हो। खोपको परीक्षण जुलाई महिनाको पहिलो साताबाट शुरू गरिएको हो।

Insert your Ads code here

यसैबीच विश्वभर कोरोनाभाइरसका कारण संक्रमित हुनेको संख्या दुई करोड १३ लाख ३५ हजार ९६० पुगेको छ भने मृत्यु हुनेको संख्या ७ लाख ६२ हजार ४३८ पुगेको छ।

सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा पछिल्लो २४ घण्टामा ६० हजार ४ सय ९९ संक्रमित थपिएपछि संक्रमित संख्या ५४ लाख ७६ हजार नाघेको छ। सबैभन्दा बढी दोस्रो प्रभावित मुलुक ब्राजिलमा पछिल्लो २४ घण्टामा ४९ हजार २७४ संक्रमित थपिएका छन् भने थप १ हजार बढीको मृत्यु भएको छ।

भारतमा पछिल्लो २४ घण्टामा ६५ हजार ६०९ संक्रित थपिँदा त्यहाँ संक्रमितको संख्या २५ लाख २५ हजार नाघेको छ। कोरोनाभाइरसका सबैभन्दा तेस्रो बढी प्रभावित भारतमा हालसम्म ४९ हजार १३४ जनाको मृत्यु भएको सरकारी सञ्चार माध्यमले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!