Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोभिड- १९का कारण ठूलो आर्थिक क्षति हुने एसियाली विकास बैंकको अनुमान


कोभिड- १९का कारण ठूलोमात्रामा आर्थिक क्षति हुने एसियाली विकास बैंकको प्रारम्भिक प्रक्षेपणले देखाएको छ। बैंकले हालैमात्र प्रकाशित गरेको प्रक्षेपणअनुसार कोभिड-१९ को प्रकोप जति लम्बिंदै जान्छ क्षति पनि त्यति नै मात्रामा बढ्दै जाने छ।

यसको मूल्य एसियन मुलुकहरुले ठूलो चुकाउने बैंकको प्रक्षेपण छ। घट्दो आन्तरिक माग, न्यून पर्यटकीय गतिविधि,व्यापारिक ट्राभलमा आएको कमी,व्यापार र उत्पादनमा आएको ह्रास, आपूर्ति व्यवस्थामा भएको अवरोध र स्वास्थ्य प्रकोप जस्ता कारणले प्राय सबै मुलुकको आर्थिक विस्तार रोकिने बैंकको प्रक्षेपण छ।

यद्यपी कोभिड १९ को संक्रमण कुन देशमा कसरी हुन्छ र त्यो कति टिक्छ भन्ने कुराले आर्थिक क्षति निर्धारण हुने बैंकले बताएको छ। तर पनि यसबाट संसारका प्राय अर्थतन्त्र प्रभावित हुने बैंकको प्रारम्भिक निष्कर्ष छ।

सन् २०२१ को सुरुदेखि नै संसारभर लागेको ट्राभल प्रतिबन्धले गर्दा अहिलेसम्म १५६ अर्ब अमेरिकी डलरको घाटा विश्वले बेहोर्ने बैंकले बताएको छ।

Insert your Ads code here

सबैभन्दा बढी आर्थिक क्षति चीनमा हुने छ। बैंकको प्रक्षेपणअनुसार अहिलेसम्मको अवस्थाले चीन एक्लैले १०३ अर्ब डलरको क्षति बेहोर्नसक्छ। यो उसको कुल ग्राहस्थ उत्पादनको ०.८ प्रतिशत हो। बैंकले नेपाली अर्थतन्त्रमा कूल ग्राहस्थ उत्पादनको ०.०४ प्रतिशतस्म क्षति हुनसक्ने प्रक्षेपण गरेको छ। सेतोपाटी अनलाइनका अनुसार अहिलेसम्मको अवस्थामा बैंकल पर्यटन,व्यापार तथा सार्वजनिक सेवामा क्षति पुग्ने बताएको छ। अधिकतम ०.१३ प्रतिशतसम्म क्षति हुने बैंकको प्रक्षेपण छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!