Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

कोभिड–१९ का कारण दक्षिण एसियामा खाद्यसंकट आउने दाबी


कोभिड–१९ का कारण दक्षिण एसियाका मानिसको जनजीवनमा अपूर्व खाद्यसंकट आउने दाबी गरिएको छ। एक अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाले गरेको अध्ययनमा दक्षिण एसियाका १ अर्ब ७० करोड मानिसमा खाद्यान्न, स्वास्थ्य तथा पोषणको समस्या हुने उल्लेख छ।

इन्टरनेसनल फुड पोलिसी ग्लोबल रिसर्च इन्स्टिच्युट (आईएपीआरआई) ले सोमबार सार्वजनिक गरेको प्रतिवेदमा उक्त क्षेत्र खाद्यान्न र पोषणका हिसाबले असुरक्षित रहेको जनाइएको छ। आईएपीआरआई दक्षिण एसियालगायत विभिन्न संस्थाले सोमबर गरेको भर्चुअल कार्यक्रममा जानकारहरुले कोभिड–१९ का कारण दक्षिण एसियाली खाद्यान्न प्रणालीमा परेको प्रभावबारे चर्चा गरेका हुन्। दक्षिण एसिया क्षेत्रको खाद्यान्न प्रणाली हेरफेर गरी समावेशी, दिगो र लचिलो बनाउनुपर्ने उनीहरुको भनाइ छ।

कान्तिपुर अनलाइनका अनुसार खाद्यान्न तथा पोषण क्षेत्रमा क्रियाशील संघसंस्था तथा विज्ञहरुले भने कोभिड–१९ का कारण केही अवसर उपलब्ध भएको देखिए पनि प्रायः मानिस त्यसलाई उपयोग गर्न असमर्थ रहेका जनाएका छन्। आईएपीआरआईका महानिर्देशक जोहान स्विनेनले हालको संकटपूर्ण अवस्थामा समावेशिता नै पीडित मानिसलाई बचाउन सबैभन्दा उपयुक्त माध्यम हुने बताउनुभयो। भारतीय नीति आयोगका सदस्य रमेश चन्दले खाद्यान्न प्रणालीका नयाँ आयामबारे सोच्नुपर्नेमा जोड दिनुभयो। नेपाल दुई दशकयता पेसागत कृषि क्षेत्र र युवा प्रवासनमा असामान्य संरचनागत परिवर्तनतर्फ गइरहेको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले बताउनुभयो।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!