Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोभिड–१९ को महामारीसँगै नेपालमा मनसुन सक्रिय भएपछि बहुविपद्को चिन्ता


विश्व्यापी कोभिड–१९ को महामारीले इतिहासमै पहिलो पटक जटिल परिस्थितिसँग जुधिरहेको मुलुकसामु मनसुन सक्रिय भएसँगै बहुविपद्को सामना गर्नुपर्ने चुनौती खडा भएको छ। यस चुनौतीकाबीच सम्भावित जनधनको क्षति रोक्न युद्धस्तरकै तयारीमा जुट्नुपर्ने आवश्यकता महसुस गरिएको छ।

मुलुकको ध्यान कोभिड–१९ मा रहेको वर्तमान अवस्थामा मनसुनजन्य विपद्लाई कमजोर आँकलन गर्न नहुनेमा विज्ञको जोड छ। यो वर्ष दोहोरो विपद्सँग जुध्नुपर्ने अवस्था रहेकाले तालमेल मिलाएर अघि बढ्न नसके ठूलो क्षति बेहोर्नुपर्ने सम्भावना जीवित छ। विपद् जोखिम व्यवस्थापन विज्ञ डा कृष्ण देवकोटा एकातर्फ कोरोनाबाट उत्पन्न विपद्को सामना गरिरहँदा भौतिक दूरी व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ, यही बेलामा मनसुनजन्य विपद्को समय थपिएपछि मुलुकसामु बहुप्रकोपविरुद्ध लड्नुपर्ने अवस्था रहेको बताउनुहुन्छ।

कोभिड–१९ का कारण मुलुकले ठूलो आर्थिक क्षति बेहोरिरहेको छ । यो अवधिमा २२ जनाको मृत्युसमेत भइसकेको छ। नौ हजार बढी सङ्क्रमित भेटिइसकेका छन्। अहिले पनि मुलुक बन्दाबन्दीबाट मुक्त भइसकेको छैन। राज्य संयन्त्र कोरोना नियन्त्रणमा सक्रिय छ। त्यस चुनौतीकाबीच वार्षिक तथ्याङ्क हेर्दा मनसुनजन्य विपद्को अवस्था पनि डरलाग्दो रहेको गोरखापत्र अनलाइनले लेखेको छ।

Insert your Ads code here

गृह मन्त्रालयको नेपाल विपद् प्रतिवेदन २०१९ का अनुसार मनसुनजन्य प्रकोपका कारण वार्षिक झण्डै एक हजारले ज्यान गुमाउने गरेका छन्। झण्डै सात अर्बको क्षति भएको विवरणमा उल्लेख छ। उक्त प्रतिवेदनमा तीन हजार ६३९ घाइते हुने गरेको अभिलेख छ। जलप्रकोपका कारण हुने मृत्युका हिसाबले नेपाल दक्षिण एशियामा नै सबैभन्दा उच्च जोखिम भएको मुलुकमा पर्छ।

भूकम्प र जलप्रकोपबाट बढी क्षति पुग्ने देशमध्ये नेपाल विश्वमा क्रमशः एघारौँ र तीसौँ स्थानमा छ। जलवायु परिवर्तनको जोखिमका दृष्टिले नेपाल चौथोमा पर्छ। प्राप्त तथ्याङ्कमा नेपालमा ७० देखि ८० प्रतिशत जनसङ्ख्या कुनै न कुनै विपद्को जोखिममा छन्। वार्षिक तीन लाख ३५ हजार जनसङ्ख्या प्रत्यक्ष प्रभावित हुने र तीमध्ये ५० प्रतिशत बालबालिका प्रभावित हुने गरेको छन्। विविध जटिलता र जोखिमका कारण मनसुनजन्य विपद् रोक्न र आएको विपद्बाट क्षति कम गर्न आवश्यक तयारीमा चुक्न हुँदैन।

विपद् जोखिम व्यवस्थापन विज्ञ डा देवकोटाले दोहोरो विपद्को अवस्थामा तराई क्षेत्रमा थप चुनौती रहेको बताउनुभयो। कोरोनाको व्यवस्थापन र मनसुनजन्य विपद्को व्यवस्थापन अलग अलगरुपमा गर्न सकिएन भने थप समस्या हुनेछ। राहत र उद्धारमा खटिने सुरक्षाकर्मी होस् या अन्य निकायका प्रतिनिधि अलगअलगरुपमा खटिन सके समुदायमा हुने सङ्क्रमण रोक्न सकिनेतर्फ डा देवकोटाले ध्यानाकर्षण गराउनुभएको छ।

यही असार ५ मा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना, २०७७ पास गरी कोभिड–१९ सँगै मनसुनजन्य विपद्बाट जनधनको क्षति रोक्न आवश्यक तयारी थालेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!