Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोभिड–१९ प्रकोपका कारण सिमेन्ट उत्पादनमा ८० प्रतिशत कटौती


कोभिड–१९ प्रकोपले लकडाउन खुलेपछि सिमेन्ट उत्पादन सुरु गरेका उद्योगले उत्पादन ८० प्रतिशत कटौती गरेका छन्। उत्पादित सिमेन्टले बजार नपाएपछि २० प्रतिशत क्षमतामा मात्र उत्पादन भइरहेको सिमेन्ट उत्पादक संघले जनाएको छ। कोभिड र वर्षादको कारण बिक्री स्वाट्टै घटेपछि उत्पादन कटौटी गरेको सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले बताउनुभयो।

बर्खा लागेकाले विकास–निर्माण योजना रोकिएका छन्। कोभिड–१९ त्रासले घर निर्माणलगायत अन्य पूर्वाधारका आयोजना पनि कामदार अभाव छ। भर्खर आर्थिक वर्ष सुरु भएकाले सडक निर्माण लगायतका भौतिक पूर्वाधारका काम अघि बढेका छैनन्। बजारमा बिक्री नभएपछि उद्योगले धमाधम उत्पादन कटौती गरेका हुन्। दैनिक १२ सय टन सिमेन्ट उत्पादन गर्दै आएको प्युठान सिमेन्टले अहिले दैनिक चार सय टन मात्र उत्पादन गरिरहेको छ।

संघका अनुसार अहिले मुलुकमा ६१ सिमेन्ट उद्योग छन्। तीमध्ये ४० ग्रान्डिङ र २१ वटा एकीकृत उद्योग छन्। नेपालमा सिमेन्ट उद्योगको क्षमता करिब डेढ करोड टन पुगेको छ। बजारमा वार्षिक एक करोड टन खपत हुन्छ। उद्योगको क्षमता बजार माग भन्दा ५० लाख टन धेरै छ। नेपाल सिमेन्ट उत्पादक संघका अनुसार आगामी दुई वर्षमा सिमेन्ट उत्पादन क्षमता दुई करोड ५० लाख पुग्छ भने बजारमा खपत एक करोड २५ लाख टन पुग्ने अनुमान छ। सिमेन्टमा मुलुक आत्मनिर्भर भएको छ। आत्मनिर्भर भए पनि नेपालको सिमेन्टमा लगानी गर्न विदेशीले चासो दिँदै आएका छन्। चिनियाँ लगानीमा दैनिक तीन हजार टन क्षमताको हुवासिन सिमेन्ट उद्योग धादिङमा निर्माणाधीन छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!