Loading... आजः शनिबार , श्रावण १२, २०८१

‘कोभिड–१९ बीमा’ मा गरिब वर्गको आकर्षण


विपन्न वर्गहरुलाई लक्षित गर्दै ल्याइएको ‘कोभिड–१९ बीमा’ पोलिसीमा आकर्षण देखिएको बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले बताउनुभएको छ। आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईले ट्रायालका लागि ल्याएको बीमा पोलिसीमा सर्वसाधारणको आकर्षण देखिएको बताउनुभएको हो।

यो बीमा योजनालाई थप कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि छलफल भइरहेको अध्यक्ष चापागाईंले बताउनुभयो। अध्यक्ष चापागाईंले कोरोनाको कारण यसपाली बीमा कम्पनीहरुको नाफामा पनि असर पर्ने बताउनुभयो। यद्यपि, बोनसमा भने खासै असर नपर्ने उहाँको अनुमान छ । जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले जीवन बीमा कम्पनीहरुलाई पनि कोरोनाको असर परेको बताउनुभयो।

उहाँका अनुसार जीवन बीमा कम्पनीहरु अहिले पोलिसी नविकरणतर्फ केन्द्रीत भएका छन्। निर्जिवन बीमा कम्पनीहरुले भने अनलाइनमार्फत नै धमाधम कोभिड–१९ बीमा गराइरहेको अनलाइनखबरले जनाएको छ।

निर्जिब बीमक संघका उपाध्यक्ष एनपी प्रधानले पछिल्लो एकसातामा ७१९ वटा पोलिसी बिक्री गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार १० हजार ७ सय २९ सदस्यको बीमा बीमाबाट ५७ लाख रुपैयाँ भन्दा बढी बीमा शुल्क आर्जन भएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!