कोभिड १९ महामारीको सामना गर्न चीन, अफ्गानिस्तान, पाकिस्तान र नेपालका विदेश मन्त्रीहरुले जुलाई २७ तारिख भिडियो सम्मेलनको आयोजना गरेका छन्। चीनका राज्य परिषद्का सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले सम्मेलनको अध्यक्षता गर्नुका साथै अफ्गानिस्तानका कार्यवाहक विदेश मन्त्री मुहम्मद हनिफ आत्मर, पाकिस्तानका विदेशी मन्त्री शाह मेहमूद कुरेशी, नेपाली विदेश मन्त्री प्रदीप कुमार ज्ञवाली सम्मेलनमा सहभागी हुनुभएको छ।
चीनका परराष्ट्रमन्त्री वाङले छिमेकी मुलुक र साझेदारीको रूपमा चीनले अफ्गानिस्तान, पाकिस्तान र नेपालसँगसँगै कठिनाइको समाधान गरी संयुक्त रूपमा जनताको स्वास्थ्यको संरक्षण गर्ने, पुन काम र पुन उत्पादनलाई अघि बढाउने, जनताको जीवनयापनलाई प्रत्याभूति गर्ने र अन्त्यसम्म संयुक्त रूपमा महामारीलाई जित्ने बताउनुभएको छ।
चार मुलुकले सहयोगलाई सबल पार्न मन्त्री वाङले चार बुँदे प्रस्ताव प्रस्तुत गर्नुभएको छ। उहाँको पहिलो प्रस्तावमा, एकबद्ध महामारीको प्रतिरोध गर्ने सहमतिलाई सुदृढ पार्ने उल्लेख छ भने दोस्रो प्रस्तावमा क्षेत्रीय संयुक्त महामारीको रोकथाम र नियन्त्रण गर्नुपर्ने उल्लेख छ। तेस्रो प्रस्तावमा उहाँले भ्याक्सिनको अध्ययनबारे सहयोगलाई सबल पार्ने र चौथो प्रस्तावमा महामारी जितेर आर्थिक पुन विकासलाई गर्ने कुरा औँल्याउनु भएको छ।
Insert your Ads code here
अरू तीन मुलुकका विदेश मन्त्रीले चीनसँग मिलेर महामारीको सहयोगलाई गहन पारी व्यापारिक र पारवहनको प्रत्याभूति गरेर मानव आवतजावत र व्यापारिक आदानप्रदानलाई अघि बढाउने, मानव भाग्य एकरूपताको निर्माण गर्ने बताउनुभएको छ।