Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोभिड-19 विरुद्ध सङ्घर्षको योजना बनाउन प्रधानमन्त्रीमोदीले गरे मुख्यमन्त्रीहरूसँग अन्तरक्रिया


लकडाउनले सकारात्मक परिणाम ल्याएको छ, विगत डेढ महिनामा हजारौंको ज्यान बचाउन देश सफल बनेको छ : प्रधानमन्त्री मोदी

नयाँ दिल्ली, 27 अप्रेल । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज राज्यका मुख्यमन्त्रीहरूसँग भिडियो कन्फरेन्सिङको माध्यमद्वारा कोभिड-19 महामारी विरुद्ध आगामी योजनाहरूको उदाउँदो स्थितिबारे चर्चा गर्न अन्तरक्रिया गरे।
मुख्यमन्त्रीहरूसँगको यो प्रधानमन्त्रीको 20 मार्च, 2 अप्रेल र 11 अप्रेल र आज गरी यो चौथो अन्तरक्रिया थियो।
विगत डेढ महिनाको अवधिमा हजारौंको ज्यान बचाउन सफल बनेको उल्लेख गर्दै लकडाउनले सकारात्मक परिणाम ल्याएको प्रधानमन्त्रीले रेखाङ्कित गरे। भारतको जनसङ्ख्या अन्य कैयौं मुलुकको कूल जनसङ्ख्या जोड्दा आउने परिणामसँग तुलना गर्न मिल्ने उनले बताए। भारतसहित कैयौं देशमा स्थिति मार्चको शुरुवाततिर समान रहेको भए तापनि भारतले समयमा चालेको पदक्षेपको कारण हजारौं नागरिकको ज्यान बचाउन सकेको बताए। तथापि, यस विषाणुको खतरा अझ पनि समाप्त नभएको हुँदा निरन्तर सतर्कता धेरै महत्त्वपूर्ण रहने बताए।
हालसम्म देशले दुईवटा लकडाउन देखे पनि दुवै कैयौं अर्थमा फरक रहेको र अब हामीले भविष्यबारे चिन्तन गर्नुपर्ने बताए। विशेषज्ञहरू अनुसार कोरोना भाइरसको असर आगामी महिनाहरूमा पनि देखिने उनले बताए। “दुई गजको दूरी” मन्त्र दोहोऱ्याउँदै उनले आगामी दिनहरूमा फेस मास्क र फेस कभर (रूमाल-पट्टी) हाम्रो दैनन्दिन जीवनको अङ्ग बन्ने बताए।
यस परिस्थितिअनुसार, प्रत्येकको लक्ष्य त्वरित अनुक्रिया रहनुपर्ने उल्लेख गर्दै धेरै नागरिकले रुघा-खोकी लागेको विषयमा स्वयं घोषणा गरिरहेको हुँदा यो स्वागतयोग्य कदम हो भन्ने बताए।
कोभिड-19 विरुद्धको लडाईंसँगै हामीले देशको अर्थनीतिलाई पनि महत्त्व दिनुपर्ने प्रधानमन्त्रीले बताए। सक्दो प्रविधिको उपयोगमाथि बल दिँदै उनले सबै सुधार पहलहरू अङ्गीकार गर्न समयको सदुपयोग गर्नुपर्ने आह्वान जनाए। कोभिड-19 विरुद्ध देशको लडाईंलाई टेवा प्रदान गर्न धेरैभन्दा धेरै जनमानसद्वारा आरोग्य सेतु एप डाउन गरिने सुनिश्चित गर्नुपर्ने विषयमाथि पनि उनले जोड दिए। “हामी साहसी बन्दै देशका आम जनमानसको जीवनलाई छुने सुधार ल्याउनुपर्नेछ,” उनले भने। यसका साथै यस महामारी विरुद्धको लडाईंका उपायहरूको खोज गर्न विश्वविद्यालयहरूलाई एकिकृत गर्नका साथै शोध एवं नवप्रवर्तनलाई सुदृढ बनाउनुपर्ने उनले सुझाउ दिए। यसका साथै राज्यहरूले हटस्पट अर्थात् विषाणु फैलाउने केन्द्र बनेका इलाकाहरूमा दिशानिर्देश कडा रूपमा कार्यान्वित गर्नुपर्ने उनले बताए। राज्यहरूको प्रयास रेड जोनलाई अरेञ्ज र त्यसपछि ग्रीन जोनमा रूपान्तरित गर्ने दिशामा परिलक्षित हुनुपर्ने पनि सुझाउ दिए।

विदेशमा रहेका भारतीयहरूलाई फिर्ता ल्याउने विषयमा बोल्दै उनले यो कार्य उनीहरूको परिवारलाई जोखिममा नपार्ने तथा उनीहरूलाई पनि कुनै प्रकारको असुविधा नहुने तरिकाले गरिनुपर्ने बताए। यसका अतिरिक्त, भावी योजना बनाउँदा मौसम परिवर्तन र गरम महिना अनि बर्खा शुरु भइरहेको हुँदा मौसम अनुसार फैलिने रोग-बिमारीहरूलाई पनि ध्यानमा राख्न उनले मुख्यमन्त्रीहरूलाई सुझाउ दिए।

Insert your Ads code here

केन्द्रिय गृह मन्त्रीले धेरैभन्दा धेरै नागरिकको ज्यान बचाउन लकडाउनको आवश्यकताको पुष्टि गरे।

सङ्कटको घडीमा प्रधानमन्त्रीको नेतृत्त्वको सबै मुख्यमन्त्रीले सराहना गरे भने यस विषाणुलाई फैलिन नदिन सम्बन्धित राज्यहरूद्वारा चालिएका कदमहरूबारे प्रकाश पारे। अन्तरराष्ट्रिय सिमानाहरूमा कडा निगरानी राख्नुपर्ने तथा आर्थिक चुनौतीहरू सम्बोधित गर्नका साथै स्वास्थ्य क्षेत्रका पूर्वाधारहरू अरू धेरै सुदृढ बनाउनुपर्ने उनीहरूले बताए। यसका साथै उनीहरूले कोभिड-19 विरुद्धको लडाईंमा असाधारण कामको निम्ति पुलिस बल अनि चिकित्साकर्मीहरूप्रति पनि कृतज्ञता व्यक्त गरे। (पीआइबी)

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!