Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

कोरोनाका कारण उद्योग तथा श्रम क्षेत्रमा परेको प्रभाव अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना संक्रमणका कारण उद्योग तथा श्रम क्षेत्रमा परेको प्रभावको अध्ययन गर्नको लागि उच्चस्तरीय कार्यदल गठन गरेको छ।

श्रम मन्त्री रामेश्वर रायको अध्यक्षतमा बसेको केन्द्रीय सल्लाहकार समितिको बैठकले श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखाका प्रमुखको नेतृत्वमा कार्यदल गठन गरेको कान्तिपुर अनलाइनले जनाएको छ। यसले कामदारको पारिश्रमिक भुक्तानी र रोजगारको निरन्तरताको लागि अल्पकालिन, मध्यकालिन र दिर्घाकालिन सुझाव पेस गर्नेछ।

श्रम प्रवक्ता सुमन घिमिरेले कार्यदलको सुझाव अनुसार सरकारले उचित निर्णय लिनेछ। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, अर्थ, उद्योग, कृषि, पर्यटन मन्त्रालय, रोजगारदाता र ट्रेड युनियनको प्रतिनिधित्व गराइएको छ।

Insert your Ads code here

बैठकमा ट्रेड युनियनहरुले झन्डै ३० प्रतिशत श्रमिकले मात्रै चैत महिनाको तलब पाएको बताएका थिए । त्यस्तै होटल क्षेत्रमा कार्यरत श्रमिकलाई न्यूनतम तलबको १२.५ प्रतिशत मात्रै तलब उपलब्ध गराइएको थियो भने साना तथा मझौला उद्योगले भुक्तानी गरेको छैन ।

औपचारिक क्षेत्रमा झन्डै २६ लाख श्रमिक कार्यरत छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!