Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोनाका कारण नेपालमा चलचित्र छायांकन स्थगित


नेपाल चलचित्र निर्माता संघले विश्वलाई आतंकित बनाइरहेको कोरोना भाइरस (कोभिड-१९) मा सतर्कता अपनाउन भन्दै फिल्मको छायांकन स्थगित गर्न आह्वान गरेको छ । सरकारले जमघट, मेला महोत्सव, जात्रा पर्वजस्ता कार्यक्रममा सरिक नहुन अनुरोध गरेसँगै फिल्मकर्मीलाई छायांकन भइरहेको फिल्मको काम स्थगित गर्न विज्ञप्ति मार्फत संघले आग्रह गरेको हो।

‘नेपाल सरकारबाट कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट बच्नका लागि पारिवारिक जमघट, मेला महोत्सव, जात्रा पर्वजस्ता कार्यक्रममा सरिक नहुन र स्थगन गर्न अनुरोध भएको हुँदा हामी चलचित्रकर्मीहरु देश र जनताप्रति उत्तरदायी, समाजको संवाहकको रुपमा विम्बित हुने हुँदा यसको सम्भावित असरलाई दृष्टिगत गर्दै यसबाट हुनसक्ने जोखिम न्यूनिकरणका लागि आफ्नो तह र तप्काबाट आममानिसमा सचेतना जागृत गराउनका साथै छायांकन भइरहेको चलचित्रहरुको हकमा सम्भव भएसम्म राज्यबाट अर्को सूचना जारी नहुन्जेलसम्मका लागि आ–आफ्ना चलचित्रहरुको छायांकन कार्य स्थगन गर्नुहुन सबैमा अनुरोध गर्दछौं,’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

झरना थापाले निर्देशन गर्ने फिल्म ‘ए मेरो हजुर ४’ सँगै नारायण रायमाझीको निर्देशनमा यतिखेर ‘परदेशी-२’को छायांकन भइरहेको छ । प्रदर्शनको तयारी गरिरहेको फिल्म ‘प्रेमपूजा’, ‘२ नम्बरी’ लागयतका अन्य फिल्मको छायांकन मिति पछाडि धकेलिएको छ । त्यससँगै कोरोनाको त्रासले प्रदर्शनको तयारीमा रहेका फिल्म समेत प्रभावित हुने भएका छन् ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!