Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोनाका कारण नेपालस्थित चिनियाँ कार्यालय उच्च सतर्कता


कोरोना भाइरसको संक्रमण फैलिएपछि नेपालस्थित चिनियाँ मातहतका कार्यालयहरूमा उच्च सतर्कता अपनाइएको छ। लमजुङको मर्स्याङ्दी गाउँपालिका ८ भुलभुलेस्थित ५० मेघावाटको सिनोहाइड्रो पावर कम्पनी प्रालिको आवास र उसले संचालन गरेको मर्स्याङ्दी ए जलविद्युत आयोजनामा उच्च सतर्कता अपनाइएको छ। करिब ३ वर्षअघि निर्माण गरिएको आयोजनामा सम्बन्धित व्यक्तिबाहेक अन्यलाई प्रवेश निषेध गरिएको छ ।

आवास क्षेत्र, बाँध क्षेत्र र विद्युत्‌गृह तथा उत्पादन क्षेत्रमा उच्च सकर्तकता अपनाइएको आयोजनाले जनाएको छ। कर्मचारी पनि अत्यावश्यक काममा बाहेक गेट बाहिर निस्कन रोक लगाएको छ। अत्यावश्यक कामका लागि भित्र प्रवेश गर्नेलाई शरीरको तापक्रम नापेर प्रवेश दिइएको आयोजनाका प्रोडक्सन एवं टेक्नोलोजी म्यानेजर ली काउयुआनले बताए। कर्मचारीलाई अत्यावश्यक भएमा बेंसीसहरसम्म जान दिइएको छ। नत्र नजिकै खुदीसम्म मात्रै जाने-आउने गरी निर्देशन जारी भएको छ।

काउयुआन अनुसार मुख्य गेटबाट भित्र प्रवेश गर्दा हरेकको तापक्रम नापिन्छ। ‘तापक्रम ९८ दशमलब ६ डिग्री सेन्टिग्रेट भन्दा कम भएमात्रै भित्र प्रवेश हुन्छ । अन्यथा प्रवेश हुँदैन’ उनले भने। कर्मचारी सबैलाई मास्क अनिवार्य गरिएको छ। कार्यालय, पावर हाउस र ड्याममा गरी करिब ४० जना चिनियाँ र १ सय जना नेपाली रहेको कान्तिपुर अनलाइनमा खबर छ।

Insert your Ads code here

सिनो हाइड्रोको काठमाडौंस्थित कार्यालयमा ७ जना चिनियाँ र १४ जना नेपाली छन्। उनीहरुलाई पनि यो नियम लागू गरिएको छ। उनीहरुलाई ठमेल जान रोक लगाएको छ। कर्मचारीलाई हुलमुलमा जान र जो कसैको नजिक तथा सम्पर्कमा जान समेत रोक लगाएको छ।

आयोजनमा कार्यरत ११ जना चिनियाँ नागरिक नयाँ वर्ष मनाउन डिसेम्बर अन्तिम साता चीन गएकोमा उनीहरु उतै रोकिएका छन्। यसमा आयोजनाका प्रशासन म्यानेजर स्योङ छ्याङसमेत छन्।

आयोजनाका दोभाषे दयराम दहालका अनुसार कोरोना महामारीको अन्त्य हुनुअघि कुनै पनि कर्मचारी बिदामा नजान साथै पारिवारिक मिलन र घर जाने कार्यक्रम रद्द गर्न कम्पनीका एमडी हुङवेले निर्देशन दिएको छ। हुबेइ प्रान्तको वुहानबाहेक अन्य प्रान्त तथा सहरबाट चिनियााको आवतजावत हुन सक्छ। यसमा चिनियाँ र नेपाली विमानस्थलको स्वास्थ्य परीक्षणपछि क्‍वारेन्टाइन बस्नुपर्ने नियम बनाइएको छ ।

कोरोना भाइरसबाट जोगिन आयोजनामा प्रतिरोधी मेडिकल सामग्री ल्याइएको आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले जानकारी दिएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!